पाँचथर–झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पहिरोका कारण लथालिङ्ग भएको छ । ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । दसैँमान्न आफन्तमा गएका तथा फर्किदै गरेकाहरु बाटोमा अलपत्र भएका छन् । ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देविको दर्शन गर्न हिडेका र फर्किएकाहरु पनि अलपत्र छन् ।
पाँचथर सदरमुकाम फिदिम, ताप्लेजुङ सदरमुकाम फुङ्लीङ जोड्ने मुख्य सडकको रुपमा मेची राजमार्ग रहेको छ । बैकल्पीक सडक पनि छैनन् ।
घरनभएका एकान्तको बाटामा यात्रुहरु अलपत्र देखिन्छन् । इलामको रक्सेमा ठुलो पहिरोले बाटो अवरुद्ध छ । तत्काल बाटो खुल्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय इलामका एसपि महेन्द्र कुमार श्रेष्ठले बताए । उनका अनुसार भोली बेलुकासम्ममामात्र बाटो खुल्ने सम्भावना रहेको छ ।
पाँचथरमा पर्ने राजमार्गको विभिन्न ठाँउमा पहिरो खसेको छ । जताततै पहिरो खसेकाले बाटो खुलाउन समस्या भएको छ । ठाँउ ठाँउमा सानो ठुलो पहिरो खसेको छ । राँकेदेखि फिदिम खण्ड राती अवेरसम्म खुलाउनका लागि प्रयास भईरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार फिदिम–ताप्लेजुङ सडक खण्ड खुल्नका लागि केहि दिन लाग्ने सम्भावना छ ।
पाँचथरपर्ने राँके फिदिम खण्ड खुलाउनका लागि चारवटा स्र्काइब्रेट, नेपाली सेना, शसस्त्र प्रहरी खटीएको छ । सडक खुलाउने ठाँउमा रहेका प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार पहिरो भएका ठाँउमा एकतर्फि खुलाउने प्रयास भएपनि दजर्नौ ठाँउमा पहिरो खसेकाले समस्या छ ।
पाँचथर–ताप्लेजुङ खण्डअन्तर्गत थापाटार नजिकै सडकनै बगाएको छ । जताततै पहिरो खसेका छ भने सडकमा लेदो र पानी बगिरहेको देखिन्छ ।
यात्रुहरु विभिन्न ठाँउमा रोकिएका छन् । मंगलावर रातीदेखिनै यात्रुहरु बिचबाटोमा रोकिएका हुन् । यसका साथै तमोर करिडरम, मध्यपहाडी लोकमार्गका विभिन्न सडक अवरुद्ध छन् ।
मेची राजमार्ग खुल्न समयलाग्ने
मेची राजमार्ग खुल्न समयलाग्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस