पाँचथर । लगातार रुपमा भएको बर्षाका कारण विभिन्न ठाँउमा गएको पहिरोका कारण पाँचथरमा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्सपेक्टर डम्बर विश्वकर्माका अनुसार ६ जनाको मृत्य र २ जना बेपत्ता भएका छन् ।
विभिन्न ठाँउमा पहिरो घर पुर्दा तथा बगाउदा मृत्युका घटना भएका हुन् । पहिरोका कारण दजर्नौ परिवार विस्तापित भएका छन् ।
फिदिम–४ मा ममता लिम्बु र रोयन मगरको पहिरोले पुरीएर मृत्यु भएको छ । कुम्मायकको माङ्जावुङकाी ४० बर्षिय डम्बर कुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ बर्षिय धन बहादुर लावती, फाल्गुनन्द गाँउपालीकाका बर्ष २८ का फुर्वा तामाङको पहिरोले पुरीएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै मिक्लाजुङ–५ मा एकजनाको मृत्यु भएको छ । उनको सनाखत हुन सकेको छैन् । मिक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुई जना बेपत्ता छन् ।
पहिरोका कारण मेची राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध भएको छ । अवरोध खुलाउनका लागि स्काईबेटर समेत अभाव भएको छ । जिल्लाका अधिकाश सडक अवरुछ भएका छन् ।
जिल्लाका धेरै ठाँउमा पहिरो गएकाले क्षतीको विवरण आउनक्रम जारी छ ।