फिदिम । ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापणर् भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएको हो ।
शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण गरका थिए । केन्जो खवर डकमले अयाोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन् ।
लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखि क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाई थियो ।सबै कविताहरु मुक्त छन्दमा रचना गरिएका छन् । कविताका धेरै तत्वहरु समावेश भएको कविता सङ्ग्रहले समाजको रुपान्तरणका लागि राम्रो सन्देश दिएको ढुङ्गानाले वताए ।
आफूले गरेका अनुभूतिहरुलाई सबै कवितामा कुनै न कुनै रुपमा आकर्षक रुपमा प्रस्तुत गर्न सक्नु कविको दख्खलता देखिएको ढुङ्गानाले टिप्पणी गरे। बाँस्कोटाले कवितामा फोटो पत्रकारितामार्फत प्रकृतिको वणर्न र फोटोग्राफीको प्रस्तुतिका अनुभूति, प्रकृति र जीवनका सम्बन्ध, वर्गीय दृष्टिकोणको पक्षधरता, सामाजिक न्याय, प्रेमील अनुभूति, आशावादिता तथा घायल प्रेमका सवाल एवं आर्तनादहरु आकर्षक रुपमा ब्यक्त गरेको, रिपोर्ताजहरु, उच्च कल्पनाशिलता कवितामा देखिएको, शब्द तथा शैलीगत विशिष्टता उक्त कविता सङ्ग्रहमा रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए थिए ।
उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले साहित्यलागि महत्पूणर् जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूणर् स्थान हासिले गर्ने अपेक्षा राखे ।
कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यक रचना पाठगरेका थिए । साहित्यकारको उलेख्य उपस्थीतिमा भएको उक्त कार्यक्रममा चाडपर्वको शुभकामना आदन प्रदान तथा गायन समेत भएको थियो ।