पाँचथर । बिहिबारबाट सबैखाले सेवा ठप्प पारेको पाँचथर अस्पताल, स्थानिय प्रशासन र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विच अस्पतालको सेवा सुचारु गर्ने विषयमा अाज शनिबार पाँचथर अस्पतालमा बसेको वार्ता असफल भएको छ । अस्पताल प्रशासन र स्थानिय प्रशासन बिच हिजो शुक्रबार अस्पताल सुचारु गर्ने बिषयमा एक खाले सहमती भएको बताइए पनि आज अस्पतालका सेवा सुचारु गर्ने विषयमा सहमती जुट्न नसकेको हो ।
स्थानिय प्रशासन र जिल्लाका अन्य सरोकारवालहरुले अस्पतालको सेवा सुचारु गर्न अस्पताललाइ अनुरोध गरे पनि स्वास्थ्यकर्मीहरुले अस्पताल तोडफोड गर्नेलाई कानुनी कारबाही नगरीन्जेल काममा नफर्किने अडान लिए पछि वार्ता असफल भएको हो ।
स्थानिय प्रसासनले स्वास्थ्यकर्मीहरुको जिउज्यानको सुरक्षाको प्रत्याभुति गराउने र अस्पताले सेवा सुचारु गराउने अनुरोध गरे पनि स्वास्थ्यकर्मीहरुले अस्पताल तोडफोड गर्नेलाई कानुनी कारबाही नगरीन्जेल काममा नफर्किने अडान लिए पछि वार्ता सफल हुन नसकेको हो ।स्पताल तोडफोड गर्नेलाई कानुनी कारबाही नगरीन्जेल काममा फर्कन नसकिन अस्पताल प्रशासनले बताएकाे छ ।
वार्ता असफल भए संगै पाँचथर अस्पतालको सेवा कहिले सुचारु हुने कुरा अन्योल बढेर गएको छ । बिहिाबारबाट पाँचथर अस्पतालले सात जना बिरामी अन्य अस्पतालमा डिसचार्ज गरेको बताइएको छ । अहिले अस्पतालमा दुई जना बिरामी उपचारत रहेको बताइएको छ ।
पाँचथर अस्पताले यस अधिनै एक विज्ञाप्ती जारी गरी बालीकाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कुनै टुत्रि नरहेको र स्वास्थ्यकर्मीको कुनै टुत्रि रहेको आंशका रहे छानमिन गर्न समेत माग गरेको छ । विज्ञाप्तीमा अस्पतालमा तोडफोड गर्ने समुह माथि कानुनी कारवाही र तोडफोडबाट भएको भैतीक संरचनाहरुको मर्मत तथा पुननिर्माण गरी स्वास्थ्यकर्मीहरुको जिउज्यानको सुरक्षाको प्रत्याभुति नहुनजेल बिहिबार देखि आकस्मिक सहित सबैखाले सेवा ठप्प पार्ने जानकारी दिएको हो ।
बुधबार बिहान फालेलुङ गाँउपालीका-८ घर भई हाल फिदिम-२ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् को मृत्यु चिकित्सको लापरबाहीले मृत्यु भएको आरोप लगाउदै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड गरेका थिए ।
बुधबार राती सम्म सदरमुका फिदिम तनाबग्रस्त बनेको थियो । बुधबार फिदिममा झडप,तोडफोडको घटना भएको थियो । राती अवेरसम्म पनि विरोध प्रर्दशन भइरहेको थियो । पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड र ढुङगा र इटा प्रहार गर्दा आठ प्रहरी घाइते भएका थिए ।