पाँचथर । उपचारको क्रममा ल्याईएको बालिकाको उपचारको क्रममा निधन भएको विषयमा पाँचथर अस्पतालमा जारी तनाब अन्त्य हुने भएको छ । मृतक बालीकाको आफन्त र सर्वपक्षिय बैठकबाट सहमती जुटाइ समस्याको सामधान हुने भएको हो । बिहिबार प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाल ढकालको अध्यक्षतामा बसेको जिल्लाको सर्वपक्षिय बैठले सहमती जुटाएको हो ।
सहमती अनुसार जिल्ला अस्पताल विकास समिति र रेडक्रस सोसाइटि पाँचथरले मृतक परिवारलाई किरिया खर्चका लागी ४० हजार उपल्बध गराउने, बालीकाको मृत्युको सम्बन्धमा रेडक्रस सोसाइटि पाँचथरका सभापती कृष्ण प्रसाद बाँसकोटाको संयोजत्वमा समितिबनाउने र उक्त समितिले १५ दिन भित्रमा प्रतिबेदन बुझाउने सहमती भएको छ ।
सहमतीमा उपयुक्त समयमा मृतक बालीकाको आमालाई जिल्ला अस्पताल विकास समितिले रोजगारी उपल्बध गराउन पहल गर्ने, मृतक बालीकाको पोष्टमार्टक पाँचथर अस्पतलामा गराउने सहमती भएको छ । सहमती भए पछि बालीकाका आफन्तहरुले बालीकाको शब बुझने भएका छन् ।
उपचारको क्रममा ल्याईएको बालिकाको उपचारको क्रममा निधन भए पछि बुधबार बिहानबाट पाँचथर अस्पताल तनाब ग्रस्त बनेको थियो । ।झडप,तोडफोडको घटना भएको थियो । राती अवेरसम्म पनि विरोध प्रर्दशन भइरहेको थियो । चिकित्सको लापवार्हिले मृत्यु भएको भन्दै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड र ढुङगा र इटा प्रहार गर्दा आठ प्रहरी घाइते भएका थिए ।
प्रर्दशनबाट ६ जना जनपदप्रहरी र दुई जना शसस्त्र प्रहरी घाइते भएका थिए ।