पाँचथर । बालीकाको मुत्युको विषयलाई लिएर गए राति पाँचथर अस्पताल तनाबग्रस्त बनेको थियो । चिकित्सको लापवार्हिले मृत्यु भएको भन्दै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड र ढुङगा र इटा प्रहार गर्दा आठ प्रहरी घाइते भएका छन् ।
अस्पतालकोको इम्रजेन्सीमा खटीएका प्रहरीहरु घाइते भएका हुन् । ६ जना जनपदप्रहरी र दुई जना शसस्त्र प्रहरी घाइते भएका हुन् । बालीकाको अफन्तहरु कति घाइते भएको एकिन भएको छैन् ।
फालेलुङ गाँउपालीका-८ घर भई हाल फिदिम-२ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् को मृत्यु चिकित्सको लापवार्हिले मृत्यु भएको भन्दै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड गरेका गरेका हुन् ।
समस्या समाधानको लागी बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले बताए ।