फिदिम । पाँचथरमामा भब्यताका साथ संविधान दिवस मनाइएको छ । प्रभात फेरि निकालेर सदरमुकाम फिदिम भरी परिक्रमा गरेर संविधान दिवस मनाइएको हो।सदरमुकाम फिदिममा संविधान दिवसकाे अवसरमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले सरसफाइ समेत गरएिको थियो ।
आइतबार बिहान राजननितिक दल, नागरीक समाज, निजामाती कर्मचारीहरु, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरिले प्रभात फेरि निकालेका हुन्। । विभिन्न बाजा गाजाका साथ प्रभात फेरि निकालिएको थियो । यसैगरी फिदिम नगरपालीकामा संविधान दिवसको पूर्व सन्ध्यामा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको थियो ।
प्रभात फेरिमा जिल्लाका राजनितिक दलका नेताहरु, नागरीक समाजका अगुवाहरु समन्वय समितिका सभापति विष्णु प्रसाद साप्काेटा , प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकाल , पाँचथर प्रहरी प्रमुख, सशस्त्र प्रहरीका नेपाली सेनाका लागयका स्थानीय निजामती कर्माचारिहरुको सहभागीता रहेको थियो ।
संविधान दिवसको अवसरमा पाँचथरमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मीहरु र समाजसेवी गरी २१ जनालाई सम्मान गरीएको छ । पाँचथरका सबै स्थानिय तहहरुलाई समेत सम्मान गरीएको छ । पाँचथरमा क्रियाशलि रहेका बिभिन्न संघसंस्थाहरुलाई समेत सम्मान गरीएको छ ।