फिदिम । कोभिड १९ संक्रमित भएर अस्थाई कोभिड अस्पताल पाँचथरमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरुलाई फिदिममा पाँच जना युवाहरुले लगातार ३ महिना अगाडीबाट निशुल्क खाना खुवाउदै आएका छन् ।
स्कुलका कक्षा सहपाटीहरुको उक्त समुहलाई फ्रेन्ड फरएभरको नामबाट बिरामीहरुलाई निशुल्क खाना खुबाउदै आएको हो । अस्थाई कोभिड अस्पताल पाँचथरको प्राङगणमा खाना पकाउने क्याप खडा गरी सो समुहले लगातार खाना खुवाउदै आएको हो । जेठ १७ गतेबाट निशुल्क खाना खुवाउने अभियान सुरु भएको यस अभियान कि एक जना अभियन्ता रचना पराजुलीले जानकारी दिएन् । पाँचथरमा दोश्रो लहरको कोरोना संक्रमण सुरु भए पछि यो अभियान सुरु भएको हो ।
यस अवधीमा उनीहरुले अस्थाई कोभिड अस्पताल पाँचथरमा भर्ना भएका बिरामी,टाढाबाट आएका बिरामी,आर्थीक अभाबमा भएक बिरामी कुरुवाहरुलाई समेत मेश संचालन गरेर भोजन खुवाउदै आएका छन् । उनिहरुले कोरोना संक्रमितहरुलाई बिहानको खाजाकोरुपमा दुघ अन्डा, खानामा प्रोटिन युक्त खाने कुरा र हप्ताको दुई दिन मासु खाने बिरामीहरको लागी मासु समेत खुवाउने गरेको अभियन्ता पराजुलीले जानकारी दिइन् । यस अभियानले बिरामीहरुलाइ दैनिकरुपमा पनिरको साथमा पोष्टीक आहाराहरु खुवाउदै आएको छ । यस अभिायानबाट दैनिकरुपमा सरदर २०जनालाई खाना खुबाउदै आएको पराजुलिले बताइन् । “कुनै दिन धेरै पनि हुनुहुन्छ , कुनै दिन थौरै पनि सरदर २० जनाले यो अभियानबाट दैनिक खाना खादै हुनुहुन्छ । ”पराजुलीले भनिन् ।
यस अभियानलेबाट आफु कोरोना संक्रमित भएर अस्पताल बस्दा घरैबाट खाना ल्याइ दिएको जस्तो लागेको एक कोरोना संक्रमितले बताए । खाना निकै राम्रो छ, उहाँहरुलाई धन्यबाद दिन चाहान्छु ति बिरामीले बताए ।
यस अभियान फिदिम बजारका स्थानिय दीपक नेपाल, रचना पराजुली,होम थापा,सन्तोष मोक्तान र उमेश शाहाले सञ्चालन गरेका हुन् । यस अभियान सुरु गर्दाआफुहरु स्वयंबाट आर्थीक संकलन गरेर सुरु गरे पनि बिस्तारै अभियान मन पराएर आफ्ना नजिकका साथीभाइ, इस्टमित्र, आफन्तजन, छरछिमेकी, शुभेच्छुक-सहयोगी आदीबाट आर्थिक सहयोग उपलब्ध हुँदै आएको अभियान्ताहरुले बताए ।