मिक्लाजुङ गाउँपालिका २ मा ट्याक्टरले किचेर सह चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ बर्षीय अविशेक आङदम्वे छन । लसुने खोलाबाट ढुंगा लोड गरी आउदै गरेको प्रदेश नम्वर १०१ ००१ त ९०३४ ट्याक्टरबाट ओर्लदै गरेका अविशेकलाइ पछाडीको चक्काले किचेको थियो ।
गम्भिर घाईते भएका उनको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको हो । ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आईतहाङ आङदेम्वे ईलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको छ । घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।