फिदिम । हिलिहाङ वडा नम्वर ६ सिम्ले मा पिकअप दुर्घना हुँदा पिकअपमा सवार पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिलिहाङको क्युवाबाट फिदिम तर्फ टमाटर लोड गरी आउदै गरेको बा. १८ च. ८२६५ नम्वरको पिकअप गाडी उकालो कच्चि सडकमा अनियन्त्रित भई सडकबाट .१०० मिटर तल झरी दुर्घट्ना भएको प्रहरीले बताएको छ ।
पिकअप सवार घाईतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पिकअप दुर्घटनामा घाईते हुनेमा चालक सन्तोष योङहाङ,हरीमाया नेपाल (भण्डारी), मनिषा यावा लिम्वु, गंगा प्रसाद मैनाली, रोशन मैनाली रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
पाँचथरमा पिकअप दुर्घना हुँदा ५ जना घाइते
पाँचथरमा पिकअप दुर्घना हुँदा ५ जना घाइते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस