झापा । झापाको कनकाई नगरपालिका –१स्थित सिर्जना टोलमा एकैपरिवारका तीनजनाले झुन्डिएर आत्महत्या गरेका छन् । बुवाआमा र नाबालक छोरीले झुन्डिएर आत्महत्या गरेका हुन् ।
३४ बर्षिय बुवा रविन विक, २९ आमा मुना विक र ८ महिनाकी छोरी रुविना विकले आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतक रविन विक वैदेशिक रोजगारीमा पठाउने एजेन्ट रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । रवीनले विदेश पठाउनका लागि स्थानीयसँग पैसा लिएको तर, नपठाएको भन्दै केही दिन अघि प्रहरीलाई मौखिक रिपोर्ट गरेको प्रहरीले जनाएको छ ।
मृतक रविनलाई गत साउन ३१ गते कोरोना पोजेटिभ भएको रिपोर्ट घटनास्थलमा फेला पारेको प्रहरीले जनाएको छ । नाबालकको हत्यापछि बुवाआमाले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।