फिदिम । पाँचथरमा बिहिवार ७२ जनाको एन्टिजेन परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ७ सय ९१ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये ३ हजार १ सय दश जना निको भएका छन् ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १९ जना एचडयिुमा उपचारत रहेको र ६ सय २० जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । जिल्लामा बिहिबार एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएकाे छ । याे संगै पाँचथरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस