फिदिम । पाँचथरमा बुधबार ७७ जनाको एन्टिजेन परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ७ सय ७५ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये ३ हजार १ सय जना निको भएका छन् ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १९ जना एचडयिुमा उपचारत रहेको र ६ सय ७ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । जिल्लामा बुधबार एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएकाे छ । याे संगै पाँचथरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
पाँचथरमा बुधबार ३१ जनामा संक्रमण पुष्टि, एक जनाकाे मृत्यु
पाँचथरमा बुधबार ३१ जनामा संक्रमण पुष्टि, एक जनाकाे मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस