पाँचथर । पुस्तान्तरण हुन नसक्दा परम्परा देखि विश्वाकर्मा जातीहरुले गर्दै आएको आरन पेशा लोप हुने खतरामा पुगेको छ । यो पेसा पुस्तान्तरण अभावमा बिस्तारै हराउदै जाँदै छ । नँया युवाहरुयो पेसा प्रति आर्कर्षित हुन नसक्दा र पुराना पुस्ताहरुले युवाहरुलाइ यो पेसा आर्कर्षित गर्न नसक्दा आरन पेशा हराउने सम्भावना बढेको हो । आरनहरु लोप हुँदै जाँदा गाँउ गाँउमा फलामका हतियारहरु अर्जापने र नँया हतियार बनाउने मान्छेहरु पाइन छाडेको हो ।
समाजले यो पेशालाइ सम्मान गर्न नसक्दा युवाहरु यो पेशामा आउननै मान्दैन्न मिक्लाजुङ गाँउपालीका वडा नं. ३ मा आरन पेशा गर्दै आउनु भएका राम बहादुर गजमेरले बताए । ‘ अहिलेका युवाहरु अरु व्यवसायनै गर्न इच्छा गर्छन पुर्खा देखि गर्दै आएको यो पेशा हराउदै जाँदा दुख लाग्छ ।’ गजमेरले भने गजमेर जस्तै मिक्लाजुङ ३ का बिरमान रसाइली पनि यो पेशा हराउदै गएको मा दुःखलागेको बताउछन् । अहिलेका युवाहरु बिदेश गएर रुपैँया कमाउन मन गर्छन । तर यो पेशामा आउन त के कुरा गर्न सम्म नमान्न गरेको रसाइलीले बताए ।
युवाहरु पुरानो पेशा भन्दा अरुनै व्यवसाय गर्ने कि बिदेश जाने प्रबृति हाबी हुँदा परम्परागत पेशाहरु लोप हुने अवस्थामा पुग्न थालेका छन् । दलित समुदायका युवाहरु आरन पेसा भन्दा अरुनै पेसामा आर्कषित हुन्थाले पछि यो पेशा हराउने खतारा बढेको हो । समाजले हेर्न दृष्टिकोण र पेशाको सम्मान नहुँदा युवाहरुमा परम्परागत पेशा प्रति आर्कषण घट्दो छ ।
गजमेरले आरनको काम सुरु गर्दा बालिप्रथाको नियम रहेको उनी सम्झन्छन् । ‘ऊबेला औजार बनाएबापत अन्न लिने चलन थियो,’ उनले भने, ‘अहिले भने पैसा लिने गरिएको छ ।औजार बनाउन पहिलेजस्तो समय नलाग्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिला एउटा औजार बनाउन दुई/तीन दिन लाग्थ्यो अहिले एक दिनमै तीन औजार बनाउन सकिन्छ ।’ आधुनिकतासँगै यो व्यवसायको काम गर्ने तरिका परिवर्तन भए पनि अन्यसरह फस्टाउन नसकेको उनी बताउँछन्।
उनी गाउँघरमा प्रयोग गरिने कृषि औजार (हसियाँ, खुकुरी, कुटो, कोदालो, चुलेसी, दिउरी) आदि बनाउँछन् । पहिला चलाइने फलामका औजारको आधुनिकीकरण गरेर बजारमा व्यावसायिक रूपमा सञ्चालन गर्न पाउँदा खुसी लागेको उनी बताउँछन्।
दलित समुदायको पुख्र्यौली पेसा संरक्षण र जर्गेना राम्रोसँग हुन नसकेकोमा गजमेर दुःख व्यक्त गर्छन् । ‘कामको सम्मान र श्रमको मूल्य नभएकाले नै यो पेसा लोप हुनुको प्रमुख कारण हो ।,’ उनी भन्छन्, ‘युवाहरू खाडीमा गएर ज्यानको बाजी राखेर २०/२५ हजार कमाउन तयार हुन्छन् । तर, आफ्नै देशमा, परिवारसँगै बसेर मेहेनत गर्न तयार छैनन्, जुन दुःखको कुरा हो ।’ उनले आरन पेसालाई उद्योगको रूपमा सञ्चालन गर्नु पर्ने बताउछन् ।
।
युवाहरुमा परम्परागत पेशा तर्फ आर्कर्षित गर्न राज्यले पहल गर्नु पर्ने रामबहादुर गजमेर बताउछन । हाम्रा युवाहरु पैसा कमाउन बिदेश जान्छन तर यि पुराना पेशाहरु बाट घरमा नै बसि बसि पैसा कमाउन सकिने गजमेरको तर्क छ ।
आरनको काम गर्नेका दुःख अरुले बुझ्न नसकेको गजमेरको दुखेसो छ ।उनी भन्छन्, ‘आरनमा अंगारसँग खेलेर काम गर्नु पर्छ । धुलोमैलोसँगै पसिनामा भिजेर काम गर्नु पर्छ, जुन अन्य कामजस्तो सहज छैन ।’ पहिलाजस्तो दुःख अहिले नरहेको उनको भनाइ छ ।