फिदिम । फिदिम नगरपालिका वडा नम्बर ११ तृतिया बजारमा एक ब्यक्ति बुधबार मृत फेला परेका छन् । फिदिम नगरपालिका वडा नम्बर ११ का ५५ बर्षिय भिम साँवा सुतिरहेको अवस्थामा मृतक फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । साँवा केही दिनदेखि कुलो बनाउने काममा श्रमिकरुपमा सोहि ठाउँमा काम गर्दै आएका थिए । मंगलबार कुलोको काम सकेर बास बस्न गएका साँवा बिहान मृत अवस्थामा भेटिएका हुन् । साँवा मृत अवस्थामा देखे पछि स्थानियहरुले प्रहरिलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय नागींनबाट प्रहरी टोली घटना स्थलमा पुगि सकेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरीक कार्यालय पाँचथरबाट पनि प्रहरी टोली घटना स्थलमा तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । साँवाको मृत्यु के कारण भयो थप अनुसन्धान पछि मात्र पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथरमा एक पुरुष मृत अवस्थामा फेला
पाँचथरमा एक पुरुष मृत अवस्थामा फेला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस