२०७६ सालको माघ २ गते हामी १७ दिन पछि सुदुरपूर्वको पाँचथरको चिवा भञ्जाङबाट सुदुरपश्चिम बैतडीको झुलाघाट पुगेका थियौं । मध्यपहाडी लोकमार्गको सुरुवात बिन्दु नेपाल भारत सिमानामा पर्ने पाँचथरको चिवा भञ्जाङबाट अन्तिम बिन्दु बैतडीको झुलाघाट सम्म मोटरसाइकल यात्रा गरेका थियौं । नेपालयात्रा नाम दिइएको यो यात्रा आफैमा निकै चुनौतीपुणर् यात्रा थियो । पाँचथरबाट बैतडीको झुलाघाटको दुरी १८७९ किलोमिटर । यात्रा मोटरसाइकलमा गर्नु पर्ने थियो बाटो धेरै लामो थियो । बाग्लुङ र पूर्व रुकुमको सिमानामा करिब १० किलोमिटर बाक्लो हिउँ छिछोल्र्दै हामि बैतडीको झुलाघाट पुगेका थियौं ।
१७ दिनमा बैतडी पुगे पछि त्यहाँ स्थानिय पत्रकार साथिहरु संग हामी झुलाघाट तर्फ लाग्यांै । बैतडीको सदरमु्कामबाट झुलाघाट १८ किलोमिटर दुरिमा रहेछ । जब झुलाघाट पुगियो ठुलो युद्ध जितेको महसुस भएको थियो । हामिले २०७४ साल पुस १६ गते भ्रमण बर्षको उद्घाटन हुने दिन पाँचथरबाट नेपालयात्रा सुरु गरेका थियौं । ६ वटा मोटरसाइकलका ११ जनाले यात्रा गरेका थियौं । यात्रामा पत्रकार,राजनितिज्ञ, व्यवसायी युवाहरु समेटिएका थिए । भ्रमण वर्षको प्रचार गर्नु र प्रदेश नम्बर १ घुम्ने निम्तो बाढ्दै हिड्ने भ्रमणको पहिलो उद्देश्य थियो । पत्रकार भएको नाताले मध्यपहाडी लोकमार्गले मध्यपहाडी जिल्लाको आर्थिक सामाजिक जीवनमा कस्तो प्रभाव पारेको छ बु्झने हुट्हुटी पनि रहेको थियो ।
यात्राको पहिलो दिन हामिले चिवाभञ्जाङबाट तेह्रथुमको सदरमुकाम म्याङलुङ सम्मको यात्रा गरियो । मध्यपहाडी लोकमार्गले पाँचथरको च्याङथापु, फलैचा, थर्पु बजार संगै तेह्रथुमको संक्रान्ती बजार, म्याङलुङ बजार,लसुने,बसन्तपुर लगायत बजारको विकासमा आमुल परिर्वत आएको पाइयो । पाँचथरबाट सुरु भएको यात्रा बैतडी पुग्दा १७ दिन लागेको थियो यि १७ दिन सम्म पूर्व देखि पश्चिम पुग्दा देखेका प्राकृतिक, सांस्कृतीक, आर्थिक, पर्यटकिय, ऐतिहासिक यात्राको क्रममा भेटिएका केहि कुराहरुलाइ यो लेख मार्फत प्रस्तुत गर्ने जर्मोको गरेको छु । सबै कुरा समेटन नसके पनि केहि कुरा समेटने प्रयास गरेको छु ।
लोकमार्ग निर्माणले पहाडबाट तराइ तिर बसाइ सर्ने घट्दै
मध्यपहाडी लोकमार्गलेको उद्देश्यनै पहाडबाट बसाइँसराई रोक्ने र पहाडी बजारहरु लाई सहर बनाउनु हो । सरकारले ल्याएको नयाँ सहरहरु सहर बन्दै गएका छन् । यि बजारहरु सहर बन्दै गए पछि पहाडबाट तराइ तिर बसाइ सर्ने दर पनि घट्दै गएको मध्यपहाडी जिल्लामा भेटिएका स्थानियहरुले बताए । मध्यपहाडी लोकमार्गले छोएको पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बाग्लुङको बुर्तीबाङ, रुकुमको चौरजहारी, तनहुंँको डुम्रे, दैलेखको राकम कणर्ाली, अछामको सांँफेबगर र बैतडीको पाटनलाई नयाँ सहरका रूपमा विकास गर्न लागिएको हो । मध्यपहाडी लोकमार्ग निर्माण भए पछि पाँचथरको च्याङथापु,थर्पु लगायतका ग्रमिण बजारहरुको मुहार फेरीदै गएको छ । त्यस्तै तेह्रथुमको चुवानडाँडा,संक्रान्ती बजार, म्याङलुङ बजार,बसन्तपुर बजार बजारबाट बिस्तारै सहर बन्दै गएको तेह्रथुमका पत्रकार अमृत बाँस्तोलाले बताए । यस्तै धनकुटाको हिले पनि सहर बन्दै गएको छ । भोजपुर सदरमुकामको मुहार फेरीदै गएको स्थानिय गायत्रि श्रेष्ठले बताइन । खोटाङको दिक्तेल बजारलाई मध्यपहाडी लोकमार्गले समृद्ध बनाउदै गएको स्थानिय पत्रकार उत्तम चैलागाइ बताउछन् । पुर्व मात्र होइन पश्चिममा पर्ने बाग्लुङ,पर्वत,रुकुम,दैलेख, जाजरकोट,अछामको जनजीवन पनि सुधार हुदै गएको छ ।
लोकमार्ग निर्माण पछि सडकको आशपास घरहरु बन्ने क्रम बढेको छ । पूर्वदेखि पश्चिमसम्म सडकको छेउछाउ घर निर्माण हुँदै गरेको देख्न थालिएको छ । घर निर्माण गर्ने क्रम बढे संगै नयाँ बस्तिहरु पनि निर्माण हुन थालेको छ । व्यापार व्यवसाय गर्नेहरुले नयाँ बजार समेत सुरु गरेको देख्न पाइन्छ ।
पूर्वमा देखि पश्चिम सबे तिरका बजारहरु सहर बन्दै छन् । स्थानीय तहका केन्द्रहरू मध्यपहाडी लोकमार्गकै आसपास बनेका छन् । नगरपालिका तथा गाउँपालिकाका केन्द्रले गर्दा चहलपहल बढेको देखिन्छ । पुराना बजार आधुनिक हुँदै गएका छन् । नयाँ बजारहरु स्थापना भइरहेका छन् । बजार बन्ने क्रममा दैलेखको रावकोट, जम्मुकाट, लोहोरे खोला, चामुण्डा, दैलेख र जाजरकोटको सिमाना सिगौडी, रुकुमको लुकुम, रुकुमकोट, चौहरजहारीजस्ता ठाउँमा ग्रामीण बजारीकरण बढेको देखिन्छ । रामेछाप, बाग्लुङ, लमजुङ, जाजरकोट, दैलेख, अछामलगायत जिल्लाका ग्रामीण क्षेत्रमा सडक सुविधासँगै ग्रामीण बजारीकरण देखिन्छ ।
अब पहाडै पहाड पुर्व पश्चिम गर्न सकिने
मध्यपहाडी लोकमार्गको पूर्व पश्चिम सर्बै तिर ट्रयाक खुलिसके पछि पहाडै पहाड पूर्व पश्चिम गर्न सकिने भएको छ । तराइ पुगेर अर्को पहाडी जिल्ला पुग्नु पर्ने बाध्यता हटेको छ । पूर्व पश्चिम रार्जमार्गको बिकल्पको रुपमा यो रार्जमार्ग प्रयोग गर्न सकिने भएको छ । मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व-पश्चिम यात्रा गर्न सम्भव बन्दैछ । कतै कालोपत्रे, कतै ग्राभेल त कतै कच्ची सडकको प्रयोग गरेर पहाडैपहाड पूर्व-पश्चिम यात्रा सम्भव हुँदै गएको हो । यो लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ । दुर्गम गाउँहरु सडक मार्गमा जोडिएका छन् । मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व-पश्चिम यात्रा गर्न सम्भव बन्दैछ भने विभिन्न जिल्लाबाट राजधानी काठमाडौंसम्मको सडक दूरी पनि छोटिएको छ । मध्यपहाडी लोकमार्गले ६ वटा प्रदेशलाई छुन्छ । लोकमार्गले चिवाभन्ज्याङ, च्याङ्थापु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोर नदी, संक्रान्ति, म्याङलुङ, वसन्तपुर, हिले, लगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, घुर्मी, खुर्कोट, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पातीभन्ज्याङ, सल्यान्टार आरुघाट, पालुङटार, कास्कीको अन्नपूणर् गाउँपालिका, बाग्लुङ, लुकुम, रुकुमकोट, मुसिकोट, चौरजहारी, जगातीपुर, बस्ताडा, दैलेख, दुल्लु जबमुकाध, साइजिउला, बेलखेत, विनायक, साँफेबकर, सिलगडी, डडेलधुरा, पाटन, सतबाँझ, झुलाघाटलगायतका क्षेत्र छोएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको लोकमार्गको सम्पूणर् काम आर्थिक वर्ष २०८० सम्ममा सम्पन्न गर्ने सरकारी लक्ष्य छ । पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिमको बैतडीको झुलाघाट जोड्नेगरी १ हजार८ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग रहेको छ । मध्य पहाडी लोकमार्गले पहाड-पहाडलाई जोडेको छ ।
पूवेर्ली र पश्चिमेली संस्कृति जोड्दै
पूर्व र पश्चिमको संस्कृति जोड्न मध्यपहाडी लोकमार्ग महत्वपूणर् हुने देखिन्छ । यो लोकमार्गले प्राकृतिक सुन्दरता, धार्मिक महत्वकास्थल, परम्परागत सांस्कृतिक सम्पदा, पुरातात्विक महत्वका क्षेत्रहरूलाई समेत पूर्व पश्चिम जोड्ने देखिन्छ । लोकमार्गले छुने २६ वटै जिल्लामा महत्पूणर् पर्यटकीय क्षेत्रहरु लाई समेत जोड्ने छ । मध्यपहाडी क्षेत्रमा विभिन्न जातजातिको बहुल बसोबास रहेको र यि जातीको संस्कृति पनि आदनप्रदान हुने देखिन्छ ।
बिरालोको स्तम्भ भएको म्याङलुङ
तेह्रथुमको सदरमुकाम म्याङलुङमा बिरालोको स्तम्भ रहेको छ । त्यो स्तम्भमा पहिलो पटक म्याङलुङ पुग्नेहरु फोटो खिच्न पुगि हाल्छन । म्याङलुङको नाम मिन म्याङलुङ रहयो भन्ने किवदन्ती पनि रोचक रहेछ । ढुंगामा बिरालोको आवाज आएको किंवन्तिअनुसार यो ठाउँको नाम म्याङलुङ हुन गएको स्थानिय बिजिन निङलेकुले बताए । लिम्बु जातिको बहुलियता रहेको म्याङलुङमा लिम्बु भाषामा म्याङ भनेको बिरालो र लुङ भनेको ढुंगा भएको भएकाले म्याङलुङ नाम रहन गएको स्थानिहरु बताउछन ।
तेह्रथुमकै लसुने भन्ने ठाउँमा लसुनको स्तम्भ रहेको रहेछ । लसुने बजार लसुनको लागी प्रसिद्ध भएकाले लसुनको स्तम्भ बनाएको स्तानियहरुले बताए । उसैगरि नमुना सहरको रुपमा बिकास हुदै गएको तेह्रथुमको लालिगुराँस नगरपालिका केन्द्र वसन्तपुर बजारको बिचमा गुराँसको स्तम्भ बनाइएको छ । लालीगुराँसको लागी प्रख्यात रहेको तिनजुरे मिल्के क्षेत्रको पहिचाननको लागी गुराँसको स्तम्भ निर्माण गएिको स्थानिहरुले बताए । त्यस्तै धनकुटाको हिले बजारको बिचमा पनि तोङबाको स्तम्भ निर्माण गरिएको छ ।
फेरिदै गरेको भोजपुर र खोटाङ
केहि समय अगाडी सम्म बिकट जिल्लाका रुपमा चिनिने पूर्वका खोटाङ मध्यपहाडी लोकमार्ग बने पछि राजधानी काठमाण्र्डौ पुग्न सहज भएको स्थानियहरुले बताए । मध्यपहाडी लोकमार्गबाट सिन्धुलीको खुरकोट सम्म आउने र खुरकोटबाट बिपि राजमार्गबाट छिट्टै काठमाण्डौ पुग्न सकिने भोजपुरकी पत्रकार एलीसा श्रेष्ठले बताइन । राजमार्गका छेउछाउ राम्रा राम्रा होमस्टे र होटलहरु खुल्न थालेका छन् ।
बसन्तपुरमा रहेकाे गुँरासकाे स्तम्भ
हिलेमा रहेकाे ताेङबाकाे स्तम्भ
बहुधार्मीक आस्थाको केन्द्र हलेसी महादेब
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारबाट ४० किलोमिटर दुरिमा रहेको हलेसी महादेब मन्दीर बहुधार्मीक आस्थाको केन्द्र हो । हिन्दु,बैद्ध र किरातहरुको आस्थाको केन्द्र हलेसि महादेव पूर्वकै एक चर्चीत धार्मिक केन्द्र समेत हो । हलेसि तुवाचुङ नगरपालिकामा पर्ने हलेसी मन्दीरमा हिन्दु,बैद्ध र किरात धर्मवल्बीहरुको भिड लाग्ने गरेको छ ।
हलेसी महादेब मन्दीर परिषर भित्र कहादेव गुफा रहेको र गुफा भित्र पापद्धार,गभृद्धार,धर्मद्धार, कर्मद्धार र पार्वतीथान रहेको स्थानिय कमल गिरीले बताए । गिरिका अनुसार पापद्धारबाट पाप नष्ट गरिने वा हरण हुने कुरामा विश्वास राखिने बताए । यो द्धारलाई बौद्धधर्ममा पनि पाप र पुण्य छुट्याउने मुख्य मार्गको रुपमा ब्याख्या गरिएको बताए । त्यस्तै धर्मद्धारबाट छिर्दा धर्म सिद्धि हुने कुरामा विश्वास गरिन्छ । बैद्धमार्गीहरुले पनि धर्मद्धारलाई अन्तरभावको अप्ठायारोबाटो भनी ब्याखा गरेको स्थानिहरुले बताउछन् । गुफामा रहेको जन्मद्धारमा यसद्धारबाट छिर्दा जन्मसिद्ध हुने विश्वास रहेको गिरिले बताए । गुफा भित्र रहेको कर्मद्धार पार गर्न सके कर्मसिद्धि प्राप्ग गर्न सकिने विश्वास रहेको गिरिले बताए । सबै धर्मबलम्बीहरुको आस्थाको केन्द्र रहेको हलेसि महादेब भ्रमणमा रमाउनेहरूकाे लागी एक उत्कृष्ट गन्तब्य हो ।
ऐतिहासिक नुवाकोट
नेपालको इतिहासमा नुवाकोट जिल्ला ऐतिहासिक जिल्ला हो । पृथ्बीनारायण शाहाले ३ पटक सम्म आक्रमण गर्दा मात्र नुवाकोट माथि बिजय हासिल गरेको कुरा इतिहासमा पढ्न पाइन्छ । नु्वाकोट जिल्लालाई पनि मध्यपहाडी लोकर्मागले छुदै जाने हुदाँ यहाँ रहेको ऐतिहासिक दरबारहरुको प्रचार हुने कुरा विश्बास गर्न सकिन्छ । गोर्खाका राज पृथ्बी नारायण शाहाले नुवाकोटलाइ दोश्रो राजधानी समेत बनाएको हुदाँ नुवाकोट आफैमा एक ऐतिहासिक स्थान हो । नुवाकोटको दरबार भुकम्पमा भत्किएको हुदाँ अहिले पुननिर्माणको चरणमा रहेको छ ।
फेरिदै गरेको पालुङटार
शान्ती प्रकृया पछि तत्काली माओबादीले बिस्तारि बैठक गरेर चर्चामा आएको गोरखाको पालुङटार अहिले सहर बन्दै गएको छ । पालुङटारमा अहिले मध्यपहाडी लोकमार्ग पुगे पछि सहरिकरण हुँदै गएको पालुङटारका मेयर दिपकबाबु कडेलले बताए । अब सडक निर्माण भए संगै पालुङटारलाई स्माट सिटीको रुपमा बिकास गर्न सुरु गरिएको मेयर कडेलले बताए । मध्यपहाडी लोकमार्ग आए पछि यहाँ बजार बन्दै छ, होटल र अन्य ब्यवसाय गर्न सुरु गरेका छन् सडकले यहाँ जनजीवन सुधार गर्दै छ स्थानिय सुमन गुरुङले बताए ।
मध्यपहाडी लोकमार्गले फेरीएको बुर्तिबाङ
बाग्लुङ सदरमुकामबाट ८५ किलोमिटर टाढा पर्ने यो बजार ढोरपाटन नगरपालिकाको केन्द्र समेत हो । सदरमुकामबाट निकै टाढा रहेको बुर्तिबाङ बजार मध्यपहाडी लोकमार्गले छुने र सरकारले निर्माण गर्ने लागेको दश नयाँ सहर मध्येको एक बजार पनि हो । केहि वर्ष अगाडी सम्म साना,मझोला घरहरु रहेको बुर्तिबाङमा अहिले आलिसान घरहरु बनेको बाग्लुङका पत्रकार अर्जुन कार्की बताउछन् ।
केहि वर्ष अगाडी सम्म सुनसान रहेको सानो बुर्तिबाङ बजार मध्यपहाडी लोकमार्ग पुगे पछि धेरै गाउँहरुको सेन्टर बन्न पुग्यो । बाग्लुङको निसिखोला गाउँपालिका,तमानखोला गाउँपालिका र रुकुम जिल्ला र रोल्पा जिल्ला पुग्न पनि बुर्तिबाङनै प्ुग्नु पर्ने भए पछि बुर्तिबाङ बजारबाट सहर बनेको स्थानिय सुन्दर घर्ति मगरले बताए ।
बुर्तिबाङ बजार बाग्लुङको सदरमुकाम पछाडीको ठुलो बजार हो । बुर्तिबाङ बजारमा मालपोतको काम गर्ने, नागरिक्ता बनाउने काम बुर्तिबाङबाटै हुन्थाले पछि ढोरपाटन नगरपालिका, निसिखोल लगाउँपालिका,तमानखोला गाउँपालिका नागरिकहरुले २,४ दिन सम्म हिडेर बाग्लुङ बजार धाउनु पर्ने समस्याहल भएको पत्रकार अर्जुन कार्कीले बताए । गाउँमा सडक आएर सरकारले नयाँ सहरका रूपमा बुर्तिबाङलाई विकास गर्ने घोषणा गरे पछि बुर्तिबाङ बजारबाट सहर हुन्थालेको स्थानियहरु बताउछन् । बुर्तिबाङमा अहिले अहिले ठूलाठूला घर, बैंक, वित्तीय संस्था, सुविधा-सम्पन्न होटलमात्र छ । बुर्तिबाङ बाग्लुङको मुख्य ब्यापारिक केन्द्र समेत बनेको छ । बुर्तिबाङमा अहिले पूर्वी रुकुम,पश्चिम रुकुम र रोल्पा जिल्लाका समेत मान्छेहरु बसाइ सरेर आउने स्थानिय सुन्दर घर्तिले बताए । रुकुम र रोल्पाका नागरीकहरुलाई काठमाण्डांै र पूर्व आउन समेत बुर्तिबाङ आउनु पर्ने भए पछि रुकुम र रोल्पाको समेत सेन्टर बन्दै गएको छ बुर्तिबाङ बजार ।
बडिगार्ड खोलाको किनारमा रहेको बुर्तिबाङमा सहर बने संगै यो एउटा आर्थिक र ब्यापारिक केन्द्र समेत बन्दै गएको छ । ढोरपाटन राष्ट्रिय निकुञ्ज जान पनि यहिबाट जानु पर्ने भएकाले निकै सुबिधा सम्पन्न होटलहरु समेत खुलेको मेयर नेपालीले जानकारी दिए । बुर्तिबाङ बजारमा अहिले करिब १० वटा जति वित्तिय संस्थाहरु र ३ वटा रेडियो समेत रहेको पत्रकार कार्कीले बताए ।
कान्छो जिल्ला पूर्व रुकुम
देशमा नयाँ संरचनाले रुकुमबाट छुटेर बनेको पूर्वि रुकुमको अहिलेको सदरमुकाम रुकुमकोटमा बिभिन्न कार्यालयहरुको भवनहरु धमाधम निर्माण भइ रहेका छन् । नयाँ संरचनाबाट पश्चिम र पूर्वमा बिभाजन भए पछि पुरानो सदरमुकाम मुसिकोट पश्चिम रुकुममा परे पछि रुकुमकोट अहिले पूर्वी रुकु्मको सदरम्ुकाम बनेको हो । नयाँ संरचनाबाट पश्चिम रुकुम कणर्ाली प्रदेश र पूर्वी रुकुम लुम्बेनी प्रदेशमा बिभाजन भएका हुन् । हिमाली जिल्लाको पहिचान बनाउदै गरेको पूर्वी रुकुमको ५३ हजार जनसंङख्या रहेको छ ।
नयाँ संरचनाले बनेको नयाँ जिल्ला पूर्वी रुकु्ममा ३ वटा स्थानिय तहहरु रहेका छन् । पूर्वी रुकुमका सिस्ने गाँउपालिका, भुमे गाउँपालिक र पुथा उत्तर गंगा गउँपालिका रहेका छन् । पूर्वी रुकुमको अहिलेको सदरमुका रुकुमकोट सिस्ने गाउँपालिकामा रहेको छ । कान्छो जिल्ला रुकु्म पूर्वमा जिल्ला सदरमुकामको केहि बिबाद रहेको स्थानिय पत्रकार जयमान बुढा मगरले बताए । रुकुमकोटमा रहेकाले रुकुमकोटबाट जिल्ला सदरमुकाम चले पनि सदरमुकामको बिषयमा बिबाद रहेको उनले बताए । नयाँ संरचना बन्दै गर्दा तत्कालीन शेरबहादुर देउबाको सरकारले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगगां गाउँपालीका वडा नम्बर १२ मा रहेको गोलखादा लाई सदरमुकाम बनाउने निणर्य रहेकाले सदरमुकामा गोलदाखामै रहनु पर्ने विबाद रहेको मगरले बताए ।
नयाँ जिल्ला भएकाले धेरै कार्यालय एउटै भवनबाट सञ्चालन गर्नु पर्ने समस्या रहेकोछ । अहिले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय एउटै भवनबाट सञ्चालन हुदै आएको छ । पुरानो इलाका प्रशासन कार्यालयको भबनबाट अहिले जिल्ला प्रशासन कार्यालयले सेवा दिइ रहेको रहेछ । अन्य संरचनाहरु पनि निर्माण हुने क्रममा रहेको सिस्ने गाउँपालिका प्रमख कुमारी बरालले बताइन ।
हिमाली जिल्ला भएकाले सम्बन्धित हिमाल रहेका स्थानहरु सम्म पुग्ने पदमार्ग निर्माण गरि ब्यवसायिक धर्मशालहरु निर्माण र बेशक्याप निर्माण गरि पर्यटनबाट जिल्लाको विकास गर्ने तयारी रहेको संमन्वय समिति प्रमु्ख गजेन्द्र बहादुर वलीले बताए । जिल्लामा ५ हजार देखि ७ हजार उचाइ रहेका हिमालहरु रहेको उनले बताए । जिल्लामा पुथा हिमाल ७२४६ मिटर देखि ४५०० मिटर उचाइमा रहेको हिमाल रहेको वलीले बताए । पूर्वी रुकुममा पुथा हिमाल, दोगारी हिमाल, साम्जाङ हिमाल, सिस्ने हिमाल,ङिम्कुँ हिमाल, मुसिकोल्टा हिमाल रहेका छन् ।
पूर्वी रुकुम कान्छो जिल्ला रहेकाले अब केहि बर्ष संरचना निर्माण संगै जिल्लाको अन्य विकास गरिने जिल्ला समन्वय समिति पूर्वी रुकुमका संमन्यव समिति प्रमुख गजेन्द्र बहादुर वलीले बताए । ‘ हामि संग प्रकृतिक सुन्दरता छ पर्यटन प्रबद्धन गर्दै जिल्ला लाई समृद्ध बनाउने सपना छ ।’ वलीले भने ।
रुकुमकाेट
ऐतिहासिक, प्राकृतिक र संस्कृतिको धनी दैलेख
कुनै बेला गहना र छालाबाट बनेका जुत्ताका लागीे चर्चीत दैलेख जिल्ला अहिले प्राकृतिक ग्यासको काराण चर्चीत छ । दैलेखमा रहेको ज्वाला क्षेत्रमा जमिनबाट ग्यास निस्की ज्वला बलिरेको देख्न सकिन्छ । ज्वाला क्षेत्रमा २,४ ठाउँमा ज्वाला बलिरहेको देख्न सकिन्छ । दैलेख जिल्ला ऐतिहासिक जिल्ला पनि हो । खस आर्यहरुको उद्गम जिल्लाको रुपमा पनि लिने गरिन्छ । दैलेख जिल्लामा नेपाली भाषाको पहिलो शिलालेख पनि रहेको छ । दैलेखको दुल्लु्बाट दुलालहरु बास्कोटबाट बास्कोटाहरु,नेपाल, चापागाइँ लगायत २९ जातीहरुको उद्गम स्थलको रुपमा लिने गरेको स्थानियहरुले बताए । दैलेख जिल्ला सदरमुकामस्थित पुरानो बजारमा रहेका ठूल्ठूला कुंदिएका पत्थरहरुले बनेको प्रसिद्ध कोतगढी युद्ध किल्लाको रुपमा निर्माण गरिएको विश्वास गरिन्छ भने विभिन्न स्थानमा रहेका मन्दिर, देवल, कीर्तिखम्बा, शिलालेख आदिले यहांको ऐतिहासिक जानकारी आफैं दिइरहेका छन् । महावुगाथ, कोतगढी, पञ्चदेवल, कीर्तिखम्बा, पाथरनाउली, दुल्लु, धाउखानी गुफा, लालीकांडाको गुफा, धौलापडा गुफा, दुल्लुको पौवा, सातखम्ब, भैरवकुण्ड, द्वारीको झरना, तोलिजैसीको ठूली छहारी, घोडाताल, विसल्ला मदान ताल, कुइकाना देवल, लकान्द्र, भिमको पाइला, बागढुगा, नेपाली भाषाको पुरानो र पहिलो शिला शिलालेख (दुल्लु), जाहरकोट, राइली, त्रिपानी, बडाभैरवको शिखर, आदि दैलेख जिल्लाका प्रमुख ऐतिहासिक एवं पुरातात्विक र पर्यटकीय महत्वका स्थलहरु हुन् । सबै भन्दा बढी संख्यामा देवलहरू दैलेख जिल्लामा निर्माण गरिका छन् । स्थानिय जन विश्वास अनुसार महाभारत कालका पात्र पाण्डवहरू द्वारा निर्माण गरिएका भनिने यि देवलहरू किन र कुन प्रयोजनको लागी निर्माण गरिएका हुन् भन्ने आजसम्म कुनै ठोस प्रमाणहरू जुट्न सकेका छैन् ।
दैलेखमा रहेकाे ज्वाला
दैलेखमा रहेकाे देवल क्षेत्र
नेपाली भाषामा रहेकाे नेपालकै पहिलाे शिलालेख
फेरिदै गरेको अछाम
द्धन्दको चपेटामा परेको अछामको मंगलसेन बजार तङरिदै गरेको अवस्थामा छ । मंगलसेन दरबार भुकम्पले क्षती पुर्याए पछि पुननिर्माण हँुदै गरेको अवस्थामा रहेको छ । अछाम जिल्ला कतिपय जात जातिको उद्गम स्थल पनि रहेको छ । जस्तै ः चाल्सा बाट चालिसे, ढाँकुबाट ढकाल, टिमिलसैनबाट तिम्सिना अथवा तिमल्सेना घोडासैनबाट घोडासैनी, पुरासैनबाट पुडासैनी, धमालीबाट धमाला, रिमाबाट रिमाल, बारलाबाट बराल, कुइकाबाट कुईकेल, बजगाउँबाट बजगाईं आदि जात जातिहरूको उद्गम स्थलको रूपमा समेत परिचित अछाम जिल्लाको ऐतिहासिक महत्व पनि निकै बलियो रहेको छ । भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरूले भरिपूणर् छ । रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदा देवि मन्दिर, वैजनाथ मन्दिर, दर्ना दरवार, मंगलसेन दरबार, विनायकका पञ्च देवलहरू, दर्नाका देवलहरू, बान्नीगढी, जैगढ, बयलपाटा आदि यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरू हुन् । साफेबगर दश नयाँ सहर मध्येको एक हो । साफेबगर पनि बिस्तारै सहर बन्दै गएको पाइन्छ ।
ऐतिहासिक अमरगढी
डडेल्धुराको सदरमुकाम नजिक ऐतिहासिक अमरगढी रहेको छ । नेपाल एकीकरणको अभियानबेला विस १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौजले डोटेली फौजलाई हराएपछि कणर्ाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रशासक नियुक्त भएका थिए । उनै अमरसिंह थापाले किल्ला बनाएको पछि त्यहि किल्लाबाट गोर्खाली फौजले युद्ध लडेको इतिहास पाइन्छ ।
अछामकाे मंगसेन दरबार
अछामकाे बैजनाथ मन्दीर
सहिद दशरथ चन्दको जिल्ला बैतडी
नेपालका चार सहिदहरु मध्ये एक सहिद दशरथा चन्दको जन्म भएको जिल्ला हो बैतडी । दशरथ चन्दको सम्मानको लागी उनको नामबाट स्थानिय तहको नामाकरण समेत गरिएको रहेछ । बैतडीको पाटन नयाँ सहर मध्येको एक सहर हो । बैतडी जिल्लामा रहेको सहिद दशरथ चन्दको जन्मघर लाई अहिले पाहुना घरको रुपमा विकास गरिएको छ । बैतडी पुग्ने अथितिहरु यस घरमा बास बस्न सक्ने छन् । बैतडीको सदरमुकामबाट १८ किलो मिटरको दुरीमा झुलाघाट रहेको छ । यो नेपाल भारतको सिमाना हो । महाकाली नदिले सिमान छुटाएको छ । महाकाली नदि पारि भारतको उत्तारखण्ड रहेको छ । महाकाली नदिमा झोलुङे पुलले दुई देशलाई जोडेको छ । झुलाघाट ब्यापारिक केन्द रहेछ । यहाँ ठुला ठुला पसलहरु रहेका रहेछन् । झुलाघाट मा पक्की पुल निर्माण गरि यातायात सहज बनाउन स्थानियहरुको माग रहेछ ।
शहिद दशरथ चन्दकाे जन्म घर
माहाकाली पारी रहेकाे भारतकाे झुलाघाट बजार
महाकालीमा रहेकाे भन्सार कार्यालय
झुलाघाटमा रहेकाे सिमाप्रहरी कार्यालय