फिदिम । साउने सोमबार भगवान शिवको प्रिय महिना मानिन्छ । शिवको प्रिय महिना र बार भएकाले साउने साेमबार व्रत बसे शिव प्रसन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यही विश्वासका आधारमा साउने सोमबारका दिन हिन्दु धर्मालम्बीले शिवको पूजा तथा व्रत बस्ने गरेका छन् । साउनको अन्तिम सोमबारको दिन त शिवालयमा शिवभक्तहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ ।पुण्य मिल्ने विश्वासमा आज बिहानैदेखि पाँचथरकाे सदरमुकाम फिदिमकाे शिवादय मन्दिरमा शिवभक्तहरूको लामो लाइन लागेको छ । व्रतालुहरूले आफ्ना प्रिय शिव भगवानका महिमामा भजन गाउँदै पुजा गरीरहेका छन् ।
केहि तस्बिर