पाँचथर । फालेलुङ २ का बिरेन्द्र योङ्हाङ मोटरसाइकलयात्री हुन । उनको पछाडि एक महिला र अर्को बच्चा छन् । उनलाइ यो बाटो कटाउन हम्मेहम्मे नै परेको छ । एकछिन मोटरसाइकल रोक्छन् । अनि अरु गाडी गैसकेपछी बिस्तारी यो हिलो कटाउछन् । यो बाटो हेर्दा लाग्छ निर्माणको काम भैरहेको छ । तर त्यस्तो होइन् । मध्यपहाडी लोकमार्गले छुने १० सहरलाई व्यवस्थित नयाँ सहरका रुपमा विकास गर्नसरकारले १० सहरहरु छनोट गरेकोमा परेको पाँचथर जिल्लाकाे सदरमुकाम फिदिम पनि एक हो। तर यो दृश्य हेर्दा कस्ले भन्ला नमुना सहरको लागि छनोटमा परेको जिल्ला भनेर फिदिम वडा नम्बर १ र २ को सिमामा पर्ने यो बाटो को अबस्था जहिले यस्तै हो। एउटा असारमा बनिसक्छ अनि अर्को असार सम्म भत्किपनि सक्छ । पाँचथर जिल्लाको सदरमुकाम फिदिम बसपार्क जाने बाटो हो यो । दैनिक जसो हजारौ गाडी,पैदल यात्री,मोटरसाइकल गुड्ने बाटोको यस्तो अबस्था हुँदा सर्वसाधारणले कति सास्ती बेहोर्नु परेको होला त ?
२०७३/७४ सालमा बनेको यो सडक, ४ बर्ष नबित्दै भत्किएको छ । हेर्दा लाग्छ कि कालोपत्रेनै भएको थियो त ? यो सडक बिच बिचमा मर्मत पनि भैरहेको नै छ । तर समस्या भने जस्ताको त्यस्तै छ । अब त सरकार नजिकै छ । तै पनि जनताले सास्ती बेहोर्नुपरेको छ । पैदल यातृको त के कुरा मोटरसाइकल सवार गर्नेलाइ पनि कहाँ कति बेला लडिएला भन्न सकिँदैन। सडक भत्किएकै कारण दुर्घटना हुने गरेको पनी छ । भत्किएको बाटो मर्मत नहुने होइन नया शहरले गत बर्ष मर्मत गरेको पनि हो तर अघिल्लो बर्ष बन्छ । अनि अर्को बर्ष फेरि समस्या उस्तै हुन्छ । स्थानिय भन्छन् भएका खाल्डा खुल्डी पुरेर मर्मत गर्नुहोस भनेर प्राबिधिकलाइ भन्दा कतिखेर मर्मत हुन्छ कस्ले ठेक्का पाउछ पत्तो पाइदैन ।
अघिल्लो आर्थिक बर्षको नगरपालिकाको प्रगती विवरण हेर्दा सडक सतह ग्राभेल ९९.५५ प्रतिशत प्रगती देखिएको भए पनि हाइवे बाट नजिकै रहेको सडकमा सरोकार वालाको ध्यान नपुगेको देखिन्छ। वडा संग पर्यटक घुमाउने स्थल बनाउन बजेट भएपनी सडक मर्मत गर्न वडा संग बजेट छैन ।
आर्थिक वर्ष २०६७र०६८ देखि पूर्वाधार निर्माणका लागि १० सहर छनोटको काम सुरु भएको थियो । प्रत्येक विकास क्षेत्रका दुई सहरलाई व्यवस्थित सहर बनाउन सो कार्यक्रम सुरु भएको हो। जिल्ला नमुना सहरमा पर्नु आफैमा गौरवको कुरा हो ।, तर बजारै नजिक,स्थानिय निकाय नजिक हुदा हुँदै सरोकार वालाको यस तर्फ ध्यान जान नसक्नु लज्जास्पद कुरा हो । नमुना सहरको रुपमा बिकाश हुँदै गरेको जिल्लाको यस्तो अवस्था छ भने अन्य जिल्लाको अबस्था कस्तो होला ?