फिदिम । पाँचथरमा लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । मंगलबार १०० जनाकाे एन्टिजेन परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार तीन सय ११ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये दुई हजार छ सय ४५ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १४ जना एचडयिुमा उपचारत रहेकाे र ६०२ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । मंगलबार काेराेना संक्रमणकाे कारण एक जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १७ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालय पाँचथरले जनाएको छ
पाँचथरमा मंगलवार २२ जना काेराेना संक्रमित थपिए , एक जनाकाे मृत्यु, जम्मा परिक्षण १०० जना
पाँचथरमा मंगलवार २२ जना काेराेना संक्रमित थपिए , एक जनाकाे मृत्यु, जम्मा परिक्षण १०० जना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस