फिदिम । काेराेना कहरले लामाे समय सम्म व्यवसाय बन्द हुँदा समस्या परेकाे भन्दै पाँचथरका कम्प्युटर इन्स्टीच्युट एण्ड ट्युसन सेन्टरका सञ्चालकहरु तीन बुदे माग सहित जिल्ला प्रसासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् । निरन्तर बन्दका कारण अरु व्यवसाय सञ्चालनमा आए पनि कम्प्युटर तथा ट्युसन सेन्टर हालसम्म सन्चालनमा आउन सकेको छैन् । ज्ञापनपत्रमा व्यवसाय संचालक र कर्मचारीलाई यथासिघ्र खोप उपलब्ध गर्नुपर्ने,व्यवसाय बन्दको अवधीभरको घरभाडा सहुलियत गराउन माग गरिएको छ । त्यस्तै व्यवसाय संचालन गर्ने वातावरण सिर्जना गर्न माग गरीएको छ ।
हाल पाँचथरमा संचालीत कम्प्युटर सेन्टर नौ वटा रहेका छन् । त्यसमा कार्यरत कर्मचारी ५० रहेको सोलुसन एजुकेशन फाउण्डेसन कम्प्युटर सेन्टरका संचालक घनु मिश्रले जानकारी दिए ।
फिदिमका कम्प्युटर इन्स्टीच्युटहरु खोल्न पाउनु पर्ने माग
फिदिमका कम्प्युटर इन्स्टीच्युटहरु खोल्न पाउनु पर्ने माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस