पाँचथर । केन्जो खबर डटकममा गरिबी र अपाङ्गताको चपेटामा लोवा परिवार भन्ने समाचार प्रकाशित भए पछि उक्त परिवारलाई जनसेवासमाजले सोमबार खाद्यान्न र लताकपडा सहयोग गरेको छ ।
फिदिम नगरपालिका वडा नं १० पच्चिसेमा मा बसोबास गर्ने लोवा परिवारलाई सोमबार घरमै गएर खाद्यान्न र लताकपडा उपल्बध गराएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । ”केन्जो खबरमा आइतबार प्रकाशीत भएको गरिबी र अपाङ्गताको चपेटामा लोवा परिवार भन्ने समाचार पढे पछि दाताहरु खोजी गरि लोवा परिवारमा सोमाबार घरमै पुगेर खाद्यान्न र लताकपडा सहयोग गरियो सहयाेग रकम गिरिराज ज्ञावालीबाट प्राप्त भएकाे हाे ।” अधिकारीले भने ।
फिदिम नगरपालिका वडा नं १० पच्चिसेमामा भुमिका लोवाको चार जना परिवारमा दुर्ई जना अपाङ्ग रहेका छन् । एक जना आठ वर्षको छोरा लोलीहाङ र १२ वर्षीय छोरी पेलीसा अपाङ्ग रहेका छन् । बिहान बेलुका हातमुख जोड्न पनि कठिन रहेको भुमिका लोवा बताउछिन् । दैनिक बनिबुतो गरेर गुजारा गरिरहेको परिवारमा चार सन्तान रहेका छन् । चार सन्तान मध्ये २ जना बोल्न र हिड्न सक्दैनन लोलिहाङ जन्मदै नालले बेरिएको थियो हामिले उपचार गर्न अस्पताल पुर्याउन आर्थिक अभावले गर्दा पाँचथर अस्पताल रेफर गरेपनि ठुलो अस्पताल लान सकेनौं उपचारको अभावमा अपाङ्ग भएको उनकि आमा भुमिका लोवाले बताइन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस