फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । पाँचथरमा अाईतबार १६३ जनाकाे मात्र काेराेना परिक्षण भएकाे छ । १६३ जनाकाे एन्टिजेन परिक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार अाठ सय ३६ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये दुई हजार तीन सय ९० जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै ९ जना एचडयिुमा उपचारत रहेकाे र ३९५ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १३ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । शनिबार ४४ जनाकाे पिसिअार विधिबाट काेराेना परिक्षण गर्नकाे लागी स्वाव संकलन गरि परिक्षणकाे लागी पठाइएकाे छ । जसकाे नतिजा अाउन बाँकी रहेकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस