फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । लामाे निशेधाज्ञा हुँदा पनि पाँचथरमा काेराेना सक्रिय संक्रमीतहरुकाे संख्या २५०० नाघेकाे छ । पाँचथरमा बिहिबार २६ जनाकाे मात्र काेराेना परिक्षण भएकाे छ । २६ जनाकाे एन्टिजेन परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार पाँच सय १४ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये दुई हजार दुई सय ११ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै ६ जना एचडयिुमा उपचारत रहेकाे र २५५ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १३ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
पाँचथरमा काेराेना संक्रमितहरुकाे संख्या २५०० नाघ्याे
पाँचथरमा काेराेना संक्रमितहरुकाे संख्या २५०० नाघ्याे

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस