सिओल । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । गएको २४ घन्टायता एकदिनमा अहिलेसम्मकै सबैभनन्दा धेरै कोभिड-१९ संक्रमित भेटिएका हुन् ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टायता १ हजार २७५ जना संक्रमित पाइएका छन् ।
योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६४ हजार २८ पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्तादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ ।
बुधबार कोरियामा १ हजार २१२ जना संक्रमित भेटिएको थियो । बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले दक्षिण कोरियाका अधिकारीहरूले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् ।
दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले भने प्रत्येक दिन एक हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा यो हप्ता ५३ प्रतिशत बढी देखिएको छ ।
यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका हुन् ।