काठमाण्डाै । शुक्रबार राति भएको क्वार्टरफाइनलको ३१औं मिनेटमा निकोला बेलरिल्लाको गोलसँगै इटालीले बेल्जियमविरुद्ध अग्रता बनाएको थियो। क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ गोलअन्तरले पराजित गरेको इटालीले यूरोकपको सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ। यस्तै ४४औं मिनेटमा इटालीका लोरेन्जो इन्साइनले दोस्रो गोल गरे।
तर पहिलो हाफको इन्जुरी समयमा नै लोरेन्जोले जेरिमि डोकुलाई फउल गरेपछि बेल्जियमले पेनाल्टी पायो।
उक्त पेनाल्टी बेल्जियमका लागि गोल गर्दै रामेलु लुकाकुले खेल २-१ को अवस्थामा ल्याए।
दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन।
अब इटालीले सेमिफाइनलमा मंगलबार वेम्बली स्टेडियममा इटालीको सामना गर्नेछ। यस अघि भएकाे खेलमा शुक्रबार राति भएको पहिलो क्वार्टरफाइनलमा १० खेलाडीम सिमित स्वीटजरल्याण्डलाई टाईब्रेकरमा ३–१ ले हराउँदै स्पेन अन्तिम ४ मा पुगेको हो।
स्पेनका सर्जियो बुसकेट्सको प्रहार लेफ्ट ह्याण्ड पोष्टमा लागेर फर्कीयो। त्यस्तै तेस्रो नम्बरमा आएका स्पेनका फेबियन चरको प्रहार विफल हुँदा स्वीटजरल्याण्डका मारियो ग्राभानोभिकले मात्र गोल गर्न सके।
निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट सुटआउटबाट गरिएको हो।
खेलमा सुरुवातबाट नै पकड जमाएको स्पेनले आठौँ मिनेटमा नै आत्मघाति गोलबाट अग्रता बनाएको थियो। स्पेनका जोर्डी अल्बाले गरेको प्रहार स्विट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै गोलमा परिणत भएको थियो।
पहिलो हाफमा १–० ले पछि परेको स्वीटजरल्याण्डले दोस्रो हाफमा बराबरी गर्दै खेलमा फर्केको थियो।
खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा ल्याए। उनले फ्रिउलरको पासमा गोल गरेका थिए।
तर त्यसको १० मिनेटमा नै स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो। स्वीटजरल्याण्डका फ्रिउलर रातो काडै खाँदै मैदान छोडेपछि स्वीटजरल्याण्ड १० खेलाडीम समेटिएको थियो। स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि रेफ्रिले फ्रिउलरलाई सिधै रातो कार्ड देखाएका थिए।