फिदिम । मेची अभियानले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पाँचथरलाई दुइवटा अक्सीजनकन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा मेची अभियानले अक्सीजन कन्सन्ट्रेटर हस्तातरण गरेको हो । मेची अभियानका संयोजक विजय डालमियाले पाँचथर का प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन । अभियानले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पाँचथर लाई फेसशिल्ड १०० थान पनि हस्तातरण गरेको छ ।
अभियानले इलाम, पाँचथर र ताप्लेजुङमा दुई दुइ वटा सामाग्री हस्तान्तरण गरेको छ । बाँकी झापा जिल्लामा गरी जम्मा २५ वटा कन्सन्ट्रेटर हस्तान्तरण गरेको जानकारी दिएको छ । मेची अभियानले यस भन्दा अगाडी भुकम्पको बेलामा रामेछाप,दोलखा लगायतका जिल्लामा विद्यालय भवन निर्माण गरिदिएको संयोजक विजय डालमियाल बताए । काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले याे अभियानमा समन्वय गरीरहेका छन् ।