पाँचथर– आर्थिक अवस्था कमजोर भएर कटेरोमा बस्दै आएका फिदिम नगरपालिका–१० का पूर्ण कुमार आङ्बोको परिवारले नयाँ घर पाएको छ । ८ सशस्त्र प्रहरीले १३ दिन खटेर घर निर्माण गरेका हुन् ।
घर निर्माणका लागि फिदिम नगरपालिका, फिदिम–१० नम्बर वार्ड तथा शुभ चिन्तकले आर्थिक सहयोग गरेका छन् भने जनसेवा समाज पाँचथरले सहजिकरण गरेको थियो ।
पाँच जनाको परिवारका लागि ३ कोठे घर बिहिवार हस्तान्तरण गरिएको छ । घर निर्माणको काम सशस्त्र प्रहरी हिमशिखर गुल्म फिदिमका सशस्त्र प्रहरीले गरेका थिए । आवश्यक सामाग्री नगरपालिका, दाताहरूको सहयोगमा जुटाइएको थियो ।




