पाँचथर– दक्षिण कोरियामा पाँचथर साङ्गीतिक सौगात भाग–२ हुने भएको छ । कोरियाकाे पर्व छुसक र नेपालीको पर्व दशैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी दिइएको छ ।
पाँचथर सेवा समाजले कार्यक्रम गर्न लागेको हो । सुजन चापागाई तथा द इन्फिनिटिलाई कोरीयामा गुन्जाउदै छ । अक्टोबर–५, नेपाली असोज–१९ गते विश्व तेकान्दाे मुख्यालयमा उक्त सांस्कृतिक कार्यक्रम हुदै छ । सुजन चापागाई एण्ड द इन्फिनिटि सहित नोगेन हाङसुरुम्बा, श्रेया राई, मुस्कान मुकारुङ, योजना साई लगायतको प्रस्तुति रहेने छ । ग्रामिण क्षेत्रमा शिक्षामा सहयोग गर्ने उद्देश्य समेत राखिएको छ ।
समाजले यस अघि जिल्लामा विभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आएको छ ।