एपि ताेलाङ
धानको बिरुवा बीउको खेतीमा सुक्दै र रोपाइँ ढिलो वा रोकिएपछि, किसानहरूले बालीनाली असफलता र उपभोगको लागि बीउ गुमाउने दुवैको सामना गरिरहेका छन् । चितवन तराईको केही क्षेत्रमा पनि राम्रो सँग वर्षा नहुदाको असर देखा परेको छ ।सिचाई सुविधा भएको र बोरिङ्गबाट पानी हाल्न सक्ने किसानहरूले जसो तसो धानखेती बचाई राखेको देखिन्छ । जसको खेती सिचाई सुविधा नपुगेको ठाउँ र बोरिङ्ग पानी हाल्ने नसक्ने किसानहरूको खेतमा रोपेको धान सुक्दै गएको देखिन्छ, किसानहरू चिन्तित अनुहार लिएर खेतमा आउने हेर्ने जाने दैनिकी चली रहेको छ ।
विश्वव्यापी तापक्रम वृद्धि र जलवायु प्रणालीको असन्तुलनले गर्दा तराईमा परम्परागत वर्षा चक्र असर देखा परेको छ, । तराई क्षेत्र को धेरै भूभागमा राम्रो सँग वर्षा हुन् सकेको छैन जसको प्रत्यक्ष असर किसानहरू ले समयमा धान बाली रोप्न पाएका छैनन ।
तराई जिल्लाहरू – जस्तै बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, चितवन (भित्री तराईको भागको रूपमा)- औसतभन्दा कम वर्षाका कारण मध्यमदेखि गम्भीर खडेरीको सामना गरिरहेका छन् ।