एपि तोलाङ
नयाँ अजोम गुम्बा, जसलाई अजोम अन्तर्राष्ट्रिय बौद्ध संस्थान पनि भनिन्छ । काठमाडौँ जिल्ला अन्तर्गतको दक्षिणकाली नगरपालिकाको फर्पिङ क्षेत्रमा अवस्थित छ । चारैतिर हरियाली पहाडको काखमा शान्त वातावरणमा अवस्थित गुम्बा हेर्दै मनमोहक देखिन्छ । जहाँ साधकहरू ध्यान, पूजा र अध्ययनमा संलग्न हुन्छन ।
यस नयाँ अजोम गुम्बामा नेपालको विभिन्न जिल्लाबाट बाल भिक्षु रूपमा अध्ययन गर्न आएका छन । यस गुम्बामा भ्रमण गर्नको लागी बिहान ५ देखि साँझ ५ बजे सम्म सर्वसाधारणको लागि खुल्ला रहेको छ । क्याफेको सुविधा पनि रहेको छ । कफी पिउदै भिक्षुहरूको दैनिकी कृयाकलापहरू शान्त रूपमा नजिकबाट अवलोकन गर्न सकिन्छ ।
हेरौँ तस्विर
सबै तस्विर : एपि तोलाङ