इलाम । फिल्म ‘मैझारो’ को छायाङ्कन सुरु भएको छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा शुभमुर्हूत गर्दै फिल्मले आज (बिहीबार) बाट छायाङ्कन सुरु गरेको हो । फिल्मका निर्देशक अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ हुन् । उनले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।
फिल्मको छायाङ्कन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने छ । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको फिल्मको कथा, पटकथा समेत निर्देशक राई स्वयंको छ ।
फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुष्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाषसिंह ठकुरी लगायत कलाकारको अभिनय छ ।
अनमोल गुरुङको सङ्गीत, सौरभ लामाको छायाङ्कन रहने फिल्म ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण हुन लागेको हो ।