पाँचथर- पाँचथरमा दुइ जना मृत फेला परेका छन् । मृतकको पहिचान हुन सकेकाे छैन् । मिक्लाजुङ गाउँपालिका-५ र फाल्गुनन्द गाउँपालिका-५ को सुलुम्फिमा एक–एक जना मृत फेला परेका हुन् । फाल्गुनन्दमा उत्तरे-यासोक सडक खण्डको करिब ३५ मीटर मुनी पुरुष मृत अवस्थामा फेला परेको प्रहरी जनाएको छ । केही दिन अगाडी मृत्यु भएको अनुमान छ । यस्तै, मिक्लाजुङ-५ मा महिला जस्तो देखिएको बताईएको छ । केहि समय अगाडीनै मृत्यु भएको अनुमान गरिएकाे छ ।
प्रहरी घटना स्थल पुगेर सोधखोज सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।
पाँचथरमा दुईजना मृत फेला
पाँचथरमा दुईजना मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




