पाँचथर । वर्षाका कारण पाँचथर जिल्लाका प्रमुख राजमार्ग र स्थानीय सडक सञ्जालहरू पहिरो र बाढीको कारण प्रभावित भएका छन्। सम्भावित बाढी, पहिरोको जोखिम उच्च रहेका कारण जिल्ला प्रशासन कार्यालय, पाँचथरले विभिन्न स्थानका सडकखण्डमा आवागमन गर्दा सर्तकता अपनाउन आग्रह गरेको छ।
बाढी पहिरोका् कारण सडक अवरुद्ध हुँदा दुर्घटना हुने सम्भावना रहेकाले अत्यावश्यक बाहेकका यात्रा स्थगन गर्न र जोखिमयुक्त स्थानहरूमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो। विशेषगरी नदी, खोला, भीर–पाखा नजिकका सडकहरू जोखिममा रहेकाले जनजीवन प्रभावित भएको छ।
प्रशासनले असार २५ गते सूचना जारी गर्दै जिल्लाको निम्न जोखिमयुक्त सडकहरुमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
| सडक खण्डको नाम | स्थान विवरण |
|---|---|
| मेची राजमार्ग | – फिदिम न.पा.–२, रमिते डाँडा फिदिम ४ र हिलिहाङ गा.पा.–७, हेवाखोला |
| फिदिम–फलोटे सडक खण्ड | – फिदिम न.पा.– १ र ११ स्थित फेमेखाेला |
| सिदिन देखी फालेलुङ गाउँपालिका जाने सडक | – फालेलुङ गा.पा.–३ र ७ जोड्ने हेवाखोला पुल क्षेत्र,- फालेलुङ– ६ र ७, मुवा खोला |
| तमोर कोरिडोर | – तुम्बेवा गा.पा.–२, नावाखोला |
| राके–रवि भेडेटार सडक खण्ड | – मिक्लाजुङ गा.पा.–७, लेख गाउँ शान्ति चाैक र वडा गुम्बा देखि एेना डाँडोको भित्रि क्षेत्र |
| राके–रवि भेडेटार–फाकफोकथुम खण्ड | – फाल्गुनन्द गा.पा.–५ देखि इलामको फाकफोकथुमसम्मको सिमाना क्षेत्र |
| मैवा माङजाबुङ _ माङजाबुङ देखि फिदिम | – कुम्मायक गा.पा.–२, मोवा जानेबाटाे – चुम्लिङ, धुपिङ,माङजाबुङबाट फिदिम तर्फ फाक्चुवा, लामाखाेला र छाेरुङगा खाेला |
| याङवरक गा.पा. सडकहरू मध्यपहाडी लाेकमार्ग | – वडा नं. ३, रिजाल भीर – वडा नं. २ र ३ सीमाना क्षेत्र (फलामे खाेला ) – वडा नं. २, मेवाखोला क्षेत्र |
प्रशासनले जोखिमयुक्त स्थानमा जानु परेमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी वा स्थानीय निकायसँग समन्वय गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई यस्ता जोखिमपूर्ण अवस्थामा सतर्क रहन, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनसँग समन्वय गर्न पुनः आग्रह गरेको छ।





