झापा । झापामा एक सामूहिक कुटाइबाट एक युवतीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-४ भाङवारी घर भई शनिश्चरे क्याम्पसनजिक बस्दै आएकी २२ वर्षीया गंगा राईको मृत्यु भएको हो ।
श्रीमान् रमेश भुसाल गंगाकोमा गएको थाहा पाएपछि साथीहरू लिएर पुगेकी श्रीमती सुस्मितासहितले उनलाई निर्घात कुटपिट गरेको प्रहरीले बताएको छ ।
रमेश गएराति ११ बजेतिर गंगाको कोठामा गएका थिए । रमेशकी पत्नी साथीहरू केही साथीहरू बोलाएर गंगाको कोठामा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सुस्मिताले ५४ वर्षीय मैयाँ श्रेष्ठ, ३८ वर्षीय बबिता विक, २४ वर्षीय मेनुका पाँचकोटी र ६० वर्षीय नर्बदा सुन्दासलाई लिएर गई गंगामाथि कुटपिट गरेकी थिइन् । गम्भीर घाइते भएकी गंगालाई शनिश्चरेस्थित शंकर अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तासीटी अस्पताल लगिएको थियो ।
तर, उपचारकै क्रममा बुधबार बिहान १ः२० बजेतिर उनको मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ ।
सुस्मिता भुसालसहित कुटपिटमा संलग्न ५ महिला र सुस्मिताका पति रमेश भुसाललाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।




