गिरिराज बाँस्कोटा
पाँचथर– पछिल्ला साँझमा सदरमुकाम फिदिम नजिकको थाङसाङ खोला आसपासका क्षेत्रमा चराका बथान खेलीरहेको देख्न पाइन्छ । चरा हेर्ने रुचि रहेकाहरूका लागि यो ठाउँ निक्कै महत्पूर्ण छ ।
फिदिमको अस्पताल हुँदै आहाल गैरी भएर चारखम्बे क्षेत्र, पल्लोटार थाङसाङ खोला हुँदै तमोर नदिसम्मनै चरा हेर्नका लागि महत्पूर्ण रहेका छन् ।
पाँचथर सदरमुकाम फिदिममा रहेको थाङसाङ खोला भनिएपनि अहिले यो खोल्सि देखिन्छ ।
आसपासमा खेतीपाती लगाइएको छ । अहिले चराहरू धान खाईरहेका छन् । खोल्साे, सिम भएको यो क्षेत्रमा हिँडडुल गर्न रमाइलो हुन्छ । यही रमाइलोलाई चराका आवाजले थप सम्झन योग्य तुल्याईदिन्छ । फिदिम बजार नजिकै रहेको यो खोलाको आसपासमा खेत, बारि छन् । यही खेतबारीको डिलमा थरीथरीका चराहरू खेलीरहेका देखिन्छ । बजार नदिकै भएपनि यो चराहरू क्रीडा स्थलको रूपमा रहेको छ ।
चराचुरुङ्गीको चिरबिर सुन्न पाइन्छ । ‘वर्ड वाचिङ’ गर्न चाहानेलाई यो क्षेत्र महत्पूर्ण छ । सिम खेत छ । खेतमा हिउँदमा सिमेसाग र वर्षामा धान खेती बढि देखिन्छ । यहीनेर थरीथरी चराका चराहरू रमाएको देख्न पाइन्छ ।
सदरमुकाम फिदिम नजिकै चराका लागि थाङसाङ खोला आसपासको क्षेत्र निक्कै महत्पूर्ण रहेको यहाँका चरा पछ्याईरहेका फोटोग्राफर जीवन राई बताउँछन् । यो क्षेत्रलाई चराहेर्नका लागि महत्पूर्ण गन्तव्य बनाउन सकिने उनको भनाई छ ।
यहाँ सिजन अनुसारको फरक–फरक किसिमका चरा आउने गरेको स्थानीय देउकुमार योङ्याको भनाई छ ।