पाँचथर । मेचि र राजमार्गमा अन्तरर्गत फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा भाँचिदा गम्भीर घाइते भएका ६ जना कामदारहरु मध्ये आइतबार उपचारको क्रममा ३ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिएका छन ।
मुत्यु हुनेमा बर्ष २२ का रुपलालाल चौधरी, वर्ष २२ का राजन चौधरी, वर्ष २२ का रोकेश चौधरी रहेका छन् । मृतक सबै बारा जिल्ला सिमरा उपमहानगरपालिका १२ का हुन् । मृतक सबैलाई शनिबार राति पाँचथरमा उपचार सम्भव नभए बिराटनगरको नोबल अस्पतालमा रेफर गरिएको थियो । मृतकहरुकाे शव बिराटनगरको नोबल अस्पतालमै रहेकाे प्रहरीले जनाएकाे छ ।
घाइते २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिशेक चौधरीको उपचार भइरहेको बताइएको छ । शनिबार ७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाँचिएको छ ।नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।
नेपालमा नयाँ भएकाले भारतीय प्राविधकको सहयोगमा जडान कार्य गरिरहेका थिए । ७० मिटर लामो पुल लाई बिचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । पक्की पुल बगाएर बनाएको बेलिब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण कार्य भइरहेको थियो । बर्षाको बाढिले २०८० सालमा पुल बगायो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढिले बगाएको थियो । पुल भाँचिनको कारण खुल्न बाँकी छ ।