पाँचथर । मेचि र राजमार्गमा पर्ने फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा भाँचिदा ६ जना कामदार घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ ।
शनिबार ७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाँचिएको छ ।नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।
नेपालमा नयाँ भएकाले भारतीय प्राविधकको सहयोगमा जडान कार्य गरिरहेका थिए । ७० मिटर लामो पुल लाई बिचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । पक्की पुल बगाएर बनाएको बेलिब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण कार्य भइरहेको थियो । बर्षाको बाढिले २०८० सालमा पुल बगायो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढिले बगाएको थियो । पुल भाँचिनको कारण खुल्न बाँकी छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
निर्माणाधिन मोडुलर ब्रिज भाँचिए पछि मेचिराजमार्गमा यातायात बन्द गरिएकाे छ ।