पाँचथर । जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउनको लागि पाँचथरका थप दुुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जिल्लाको फिदिम वडा नम्बर १४ लुङरुपा र कुम्मायक ५ भुल्केमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
फिदिम १४ लुङरुपामा बिहिबार फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख काैशल कुमार बुढाथोकीले उद्घाटन गरेका हुन् । शुक्रबार कुम्मायक ५ भुल्केमा प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल र जिल्ला प्रहरी प्रमुख बुढाथोकीले संयुक्तरुपमा चौकी उद्घाटन गरेका छन् ।
प्रहरी प्रमुख बुढाथोकीले ग्रामीण क्षेत्रमा प्रहरी चौकी स्थापना गरिएसँगै समाजमा हुने सबै खाले अराजकता अन्त्य हुने बताए । त्यसका लागि नागरिकको साथ चाहिने पनि उनले बताए । तमोर करिडोर सडकमा यातायातको चाप बढे सँगै कुम्मायक ५ भुल्के अस्थाइ प्रहरी चौकी स्थापना गरिएको बुढाथोकीले जानकारी दिए । सडक बने सँगै भैतिक पुर्वाधारहरुको विकास र भुल्केमा बढ्दो बजारीकरणको कारण चौकी स्थापना गरिएको बुढाथोकी बताउछन् । दुवै अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको छ ।
पाँचथरका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना
पाँचथरका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस