पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथरको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी ३ दिने तालिम बिहीबार पाँचथर सदरमुकाम फिदिममा सुरु भएको छ ।
आन्तरीक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा तालिम सुरु भएको हो ।
तालिम नेपाल पत्रकार महासंघको हलमा सुरु भएको हो। तालिममा ३५ जना पत्रकारहरु सहभागी छन् । तालिमका सहभागीहरुलाई पत्रकार जीवज भण्डारीले सहजीकरण गरिरहेका छन् ।
शाखा अध्यक्ष भीम बाँस्कोटाको अध्यक्षतामा भएको तालिमको उद्घाटन पत्रकार महासंघका केन्द्रिय सदस्य लवदेव ढुङगानाले गरेका थिए ।
उद्घाटन अवसरमा निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटा र पूर्वअध्यक्ष लक्ष्मी गौतमले लगायतले मन्तव्य राखेका थिए ।