पाँचथर । प्रहरीले पाँचथर सदरमुकाम फिदिमबमट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।बिर्तामोड नगर–४ घर भई हाल फिदिम –१ बस्ने ३४ वर्षीय रोहित न्यौपाने फिदिम –१ बस्ने ३० वर्षीय सागर लिम्बु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर ५ सय ३० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरिक्षक ख्यामराज घिमिरेले जानकारी दिए ।
बुधबार फिदिम —४ जोरसालबाट उनिहरुलाइ नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ ।