पाँचथर । फिदिममा ब्राउन सुगर सहित पाँच जना युवा युवती प्रकाउ परेको प्रहरील् जनाएको छ । फिदिम नगरपालिका–२ बाट प्रतिवन्धित ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ ।
फिदिम–२ स्थित एक घरमा प्रतिवन्धित लागु औषधको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा छापा मार्दा ३ ग्राम ५ सय १० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक ख्यामराज घिमिरेले जानकारी दिए ।
प्रकाउ पर्नेमा फालेलुङ २ घर भइ फिदिम २ मा बस्ने २७ वर्षिय दिपेन केरुङ,फिदिम १ का २३ वर्षिय बिरबल राई,माेरङ उर्लाबारी घर भइ फिदिम ४ बस्ने ३० वर्षिय गणेश सुजी,फिदिम १ का ३२ वर्षिय पर्वत तामाङ,फिदिम ४ कि १९ वर्षिय रिदिमा बर्देवा रहेका छा् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरेको घिमिरेको भनाइ छ । प्रकाउ परेका अधिकाश युवहरु प्रतिवन्धित लागु औषध पटक पटक प्रहरीले प्रकाउ गरिसकेका युवाहरु रहेकाे बताइएकाे छ ।