पाँचथर । पाँचथरका पत्रकार युद्धबहादुर बोहोरा ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नयाँ बुलन्द डटकमको नवौं वार्षिकोत्सवको अवसरमा बोहोरा नगद दश हजार सहित पुरस्कृत भएका हुन् । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो पुरस्कार यस वर्ष पत्रकार बोहोराले प्रदान गरिएको नयाँ बुलन्द अनलाइनका सम्पादक तथा संचालक राम योङहाङले बताए ।
फाकफोकथुम गाउँपालिका आमचोकको सभाहलमा आयोजित वार्षिकोत्सवको अवसरमा बोहोरा पुरस्कृत भएका हुन् । पाँचथर र इलामको सीमावर्ती घुर्विसे पञ्चमी बजारलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय बोहोरा एक दशकदेखि बिभिन्न संचार माध्यममा आवद्ध छन ।