झापा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । एसियन राजमार्ग निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको हो ।
काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा त्यहाँ पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । बिहान ९ बजेपछि बैकल्पिक मार्गबाट यातायात सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, धुलाबारीनजिक कल्भर्टमा पनि समस्या भएको छ । त्यहाँ जेसीबीले माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ । त्यस्तै बुट्टाबारी-चारआली सडकखण्डमा पनि डाइभर्सन बगाएको जनाइएको छ ।