कन्याम । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा सम्पन्न प्रदेशस्तरीय फोटो प्रतियोगितामा तिङबुङ पोखरीको फोटो सर्वोत्कृष्ट भएको छ। पर्यटन कार्यालय झापाले कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएकाे हाे ।
कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा फोटो पत्रकार एपी तोलाङले खिचेको तस्वीर सर्वोत्कृष्ट बनेको हो ।
प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा परेका छन्। उत्कृष्ट पाँच फोटोग्राफर र फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा २०८ फोटोहरूमध्ये ६० वटा उत्कृष्ट फोटोहरू छनोट गरी प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक तथा फोटो पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष विनाद पाण्डेले जानकारी दिए।




