पाँचथर– पाँचथरमा रहेर साहित्य सृजनामा सक्रिय सगुन सुसारा स्वर्णिम साहित्य पुरस्कार २०८२ बाट पुरस्कृत हुने भएका छन् । स्वर्णिम साहित्य समाज बराह क्षेत्र सुनसरीले सुसारालाई ५० हजार १ सय ५१ रुपैयाँको पुरस्कार र बराहक्षेत्रका मान बज्राचार्यलाई ११ हजार १ सय रुपैयाँ सहित स्वर्णिम साहित्य सम्मान प्रदान गर्न लागेको हो । समाज विज्ञप्ति मार्फत सम्मान र पुरस्कारको जानकारी दिएको हो । यो समाजले हरेक वर्ष पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । सुसाराका ८ वटा पुस्तक प्रकाशित छन् ।