पाँचथर ।आगामी साता सुरु हुने छैटौं रवि गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । राइजिङ स्टार क्लब रवि आयोजनामा चैत्र २५ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो ।
दुर्गा माविको रविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राइजिङ स्टार क्ल्ब क्लब र युके एफसि करसाङ भारतको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा चैत्र २६ भाङवारी स्पोर्टिङ युथ क्लब दमक र मोरङको पथरी बीच प्रतिस्पर्धा हुने छ । चैत्र २७ गते लाइटगेट फुटबल क्लब काठमाण्डौं फुटबक्लबले पाँचथरको आठकर्ण फुटबल क्लबको सामना गर्नेछ ।
चैत्र २८ गते सिरहाको सलहेश युथ क्लबले राइजिङ स्टार स्पोर्टिङ क्लब दार्जिलिङको सामना गर्ने छ । चैत्र २९ र ३० गते सेमिफाइनल तथा बैशाख १ गते फाइनल हुनेछ । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।
८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिता ५ वर्षपछि आयोजना हुन लागेको हो। २०७६ मा कोभिडको कारणले छैटौं संस्करण रोकिएको थियो ।प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट , उदीयमान , सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले पनि पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रबद्धक मिक्लाजुङ गाउँपालिका रहेको छ ।