पाँचथर । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत्र ५ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । पाँचथरमा ४ वटै क्याम्पसहरुको नतिजा आएको छ ।
पाँचथरका पाँचथर बहुमुखी क्याम्पस, थपु क्याम्पस, यासोक क्याम्पस र रबि क्याम्पसको नतिजा मंगलबार रातिनै सार्वजीक भएको छ । जसमा सदरमुकामा फिदिममा रहेको पाँचथर क्याम्पस नेबिसंघ, अखिल क्रान्तिकारी र पहिचानबादीहरु प्यानलले जितेका छन् । उता थर्पु क्याम्पसमा अनेरास्विुको प्यानलले जितेका छन् । यासोकमा अखिल क्रान्तिकारी, नेबिसंघ र पहिचानबादी प्यानलले जितेका छन् । उता रबि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलले चुनाब जितेका छन् । पाँचथरमा २ क्याम्पसमा अखिल क्रान्तिकारी, समान एक एक क्याम्पसमा नेविसंघ र अनेरास्विुले सभापती जितेका छन् ।
पाँचथर क्याम्पसमा नेविसंघका थापा
पाँचथर बहुमुखी क्याम्पसमा मा नेविसंघ, अखिल क्रान्तिकारी र सघिय बिद्यार्थी युनियन बिच गठबन्ध भएको थियो । अनेरास्वियुले समाजबादी बिद्याथी युनीयन र नेकपा एसको अनेरास्वियु सँग गठबन्धन गरेको थियो । जसमा नेविसंघका उपेन्द्र थापा सभापतिमा निर्वाचित भएका छन् । थापाले अनेरास्वियुकि बिमला पुरीलाई पराजित गरे । थापाले १९६ मत प्राप्त गर्दा पुरीले १३७ मत प्राप्त गरीन । सचिबमा क्रान्तिकारीका सुजन कुमार तामाङ निर्वाचित भए । उनले कार्मीन आङदेम्बेलाई पराजित गरे । तामाङले १८० मत प्राप्त गर्दा आङदेम्बेले १४२ मत प्राप्त गरीन । कोषाध्यक्षमा चेतन नेपाल निर्वाचित भए । उनले मेरीहाङमा योङहाङलाई पराजित गरे । नेपालले १७९ मत र याङेहाङले १४३ मत ल्याइन । पाँचथर क्याम्पसमा जम्म ४८९ मत मध्ये ३४३ मत खसेको थियो ।
थर्पुमा अनेरास्वियुका माझीको प्यानलनै बिजयी
थर्पु क्याम्पसमा अनेरास्वियुका सुेरेश माझीको प्यानलनै बिजयीभएका छ । सुेरेश माझीले ३२ मत प्राप्त गरे । नेबिसंघका नबिन दहालले १५ मत प्राप्त गरे । सचिबमा अनेरास्वियुकी इछिङशा काम्बाङ निर्वाचित भइन । उनले ३१ मत प्राप्त गर्दा मेलीना सेवाले १५ मत प्राप्त गरिन । कोषाध्यक्षमा अनेरास्वियुकी नुमा माबो ३१ मत सहित बिजयी भइन । संयुक्त प्यानलकी आयुस्मा मिश्रले १६ मत प्राप्त गरीन । थर्पुमा ४७ मत खसेको थियो । थर्पुमा अखिल क्रान्तिकारी र सघिय बिद्यार्थी युनियन बिच गठबन्ध भएको थियो ।
यासोकमा अखिल क्रान्तिकारीकी लावती
यासोक क्याम्पसमा अखिल क्रान्तिकारी, नेविसंघ र सघिय विद्याथी युनियनले चुनाव जितेका छन् । जसमा अखिल क्रान्तिकारीकी तारामाया लावती विजयी भएकी छन् । लावतीले अनेरास्विुयुका मनोज थापालाई पराजित गरिन । लावतीले ६४ मत प्राप्त गर्दा थापाले ५२ मत प्राप्त गरे । सचिवमा भने अनेरास्बिुकी अन्जु लावती विजयी भइन । उनले नेविसंघकी सबिता रिजाललाइ पराजित गरीन । लावतीले ५९ र रिजालले ५५ मत प्राप्त गरिन । कोषाध्यक्षमा हिमादेबि भण्डारी विजयी भइन । उनले ६५ मत प्राप्त गर्दा मनिषा खड्काले ४६ मत प्राप्त गरिन । यासोकमा ११६ मत खसेको थियो ।
रबिमा अखिल क्रान्तिकारीकी लावती
सबै तिर गठबन्ध गरेका विद्यार्थी संगठनहरु रवि क्याम्पसमा भने एक्लै एक्लै चुनावमा लडेका थिए । जसमा अखिल क्रान्तिकारीको प्यानलनै विजयी भएको छ । सभापतिमा अखिल क्रान्तिकारीकी पुनम लावती निर्वाचित भएकी छन् । उनले नेबिसंघका समिर खड्कालाई पराजित गरिन । लावतीले ४३ मत प्राप्त गरिन । नेबिसंघका खड्काले २७ मत प्राप्त गरे । अनेरास्वियुकी बिपना सुन्दाशले १३ मत ल्याइन । सचिबमा अखिल क्रान्तिकारीकी रुपा थापा विजयी भइन उने नेबिसंघकी कृष्टिना राइलाइ पराजित गरीन । थापाले ४०,राइले ३३ र अनेरास्वियुका निशान आङदेम्बेले ११ मत प्राप्त गरे । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी रसु विक निर्वाचित भइन । उनले ४७ मत प्राप्त गरीन । नेबिसंघकी अस्मीता राईले २३ मत र अनेरास्वियुकी मेलु राईले १५ मत प्राप्त गरिन । रबिमा ८६ मत खसेको थियो ।