पाँचथर । ए डिभिजन मच्छिन्द्र क्लबलाइ हराउदै नमोबुद्ध युथ क्लब सप्तरी पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा नमोबुद्धले मच्छिन्द एफसीलाई १–० ले पराजित गर्यो ।
नमोबुद्धको जितमा बिदेशी खेलाडी एलेक्सले एक गोल गरे । नमोबुद्ध दोश्रो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । टोलीले क्वाटरफाइन, सेमीफाइनल र फाइनल सबैमा ए डिभिजन क्लबहरुलाई हराउदै च्याम्पियन भयो । च्याम्पियन नमोबुद्धले ११ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको मच्छिन्द्रले उपविजेता बन्दै ५ लाख ५५ हजारमा चित्त बुझाउन बाध्य भयो ।
खेलको ७३ औं मिनेटमा एलेक्सले गरेको गोलनै खेलको निर्णयक गोल बन्यो । एलेक्सले पेलान्टी एरीयाबाट चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन् ।
पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको ए डिभिजन मच्छिन्द्रले फाइनलमा भने आशा गरिएअनुसार प्रदर्शन गर्न सकेनन् । यसअघि खेलमा मच्छिन्द्रले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । १८औं मिनेटमा मच्छिन्द्रका इष्टोफिन गोल गर्न चुके । पहिलो हाफको इन्जुरी समयमा देबेन्द्रको प्रहार नमोबुद्धका कप्तान जयरतन शेखले पञ्च गरे । खेलको ८१औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी युसुफ मलिसिखको प्रहार गोलकिपर जयरतन शेखले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए ।
खेलको प्लेयर अफ द म्याच बिजेता टिम नमोबुद्धका निर्मल घिसिङ भए । उनले नगद ७ हजार ५ सष् रुपैंयाँ पुरस्कार पाए । फागुन २४ गतेदेखि सुरु भएको पाँचौ पाँचथर गोल्डकपमा नेपालका ए डिभिजनसहित ८ टिमको सहभागिता रहेको थियो ।
विधागत पुरस्कारमा पनि नमोबुद्धकै बर्चस्व रह्यो । नमोबुद्ध जयरतन शेख उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर मच्छिन्द्रका देबेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्ड नमोबुद्धका बिकेक राई भए । उच्च गोलकर्ता चर्च ब्वाइजका राज भुसाल र नमोबुद्धका एलेक्स भए । उनिहरु दुबैले प्रतियोगितामा ३ गोल गरेका थिए । यस्तै, उत्कृष्ट प्रशिक्षक नमोबुद्ध धनकुमार तामाङ भए । उत्कृष्ट सबैले समान नगद १० हजार पुरस्कार पाए । उदियमान खेलाडी पाँचथर क्लबका निरज लिङदेन भए । उन नगद १५ हजार पुरस्कार पाए ।
गोल्डकपको उत्कृष्ट खेलाडी नमोबुद्धका दिपेश चाम्लीङ भए । उन नगद १५ हजार पुरस्कार पाए ।
च्याम्पियन भएपछि नमोबुद्धका प्रशिक्षकले खेलाडीको मिहिनेतले जित निकालेको बताए । उनले खेलाडीको तारिफ गर्दै योजनाअनुसार सफल भएको प्रतिक्रिया दिए ।
पराजित मच्छिन्द्रका प्रशिक्षक सबिन अधिकारीले सामान्य गल्तीको कारण गोल बेहोरेकाले टोलीमा सन्तुलन बिग्रेको बताए । खेलाडीहरु लगातार खेलीरहेका कारण पनि नतिजा अनुकुल नआएको बताए ।