पाँचथर । पाँचौं पाँचथर गोल्डकप प्रतियोगिता आजबाट सुरु हुँदै छ । उद्घाटन खेल आयोजक पाँचथर क्लब र पथरी ११ बिच हुने छ । फिदिम माविको खेल मैदानमा उद्घाटन खेल दिनको २ बजे हुने छ । उद्घमटन समारोहमा मार्चपास,अतिसबाजि लगायतका कार्यक्रम हुने आयोजकले बताएका छ ।
आयोजक पाँचथर क्लब आफ्नो घरेलु मैदानमा घरेलु समर्थकका साथ मैदन उत्रने छ । आयोजक पाँचथर क्लब अघिल्लो संस्करणको उपबिजेता टोली हो । जिल्लाका खेलाडीहरु बि डिभिजन लिग खेल्न काठमाण्डौ गएका कारण टिम निर्माणमा समस्या रहेको पाँचथर क्लबका प्रशिक्षक मिलन जबेगुले केन्जोखबर लाई जानकारी दिए । पाँचथरका क्याप्टेन रोशन आङदेम्बे सहित ५ जना खेलाडी बि डिभिजन लिग खेल्न काठमाण्डौ गएका कारण टिमलाइ बलियो बनाउन २ जना बिदेशी खेलाडीहरु समेटेर टिम निर्माण गरिएको र प्रतिस्पर्धात्म टिम निर्माण गरिएका जबेगुले बताए ।
गत साता झापामा सम्पन्न भएको ठुलि लिम्बुनी गोल्डकपको बिजेता पथरी ११ थ्रिस्टारका पूर्व खेलाडी मिन धिमाल लगायतका खेलाडी सहित पाँचथर आएको प्रशिक्षक अर्जुन बस्नेतले जानकारी दिए । मैफसलमा लगातार खेलहरु भइरहेको र बि डिभिजन लिग, नेपाल सुपर लिगको बन्द सत्रमा खेलाडीहरु ब्यस्त रहदा टिम निर्माणमा समस्या रहेकाे बस्नेत बताउछन् ।
प्रतियोगितामा फागुन २५ गते चर्च व्वाइज फुटबल क्लब र भारतको हिल्स फुटबल एकेडेमी बिच प्रतिस्पर्धा हुने छ । फाल्गुन २६ गते मच्छिन्द्र फुटबल क्लबले हिमालय शेर्पा क्लबको सामना गर्नेछ ।
फागुन २७ गते सप्तरीको नमोबुद्ध युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २८ र २९ गते सेमिफाइनल हुनेछ । हरेक खेलको प्लेयर अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।