पाँचथर । पाँचौं पाँचथर गोल्डक प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । फिदिम माबिको भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि आयोजक पाँचथर क्लबका पदाधिकारीहरु अनावरण गरेका हुन् ।
पाँचथर क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चैत्र २ गतेसम्म चल्नेछ । ट्रफि अनावरण गर्दै क्लबका उपाध्यक्ष्म शिब अधिकारीले भोली देखी सुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका खेलेको बताए ।
२४ गते आयोजक र पथरी ११ बिच उद्घाटन खेल हुनेछ । प्रतियोगितामा फागुन २५ गते चर्च व्वाइज फुटबल क्लब र भारतको हिल्स फुटबल एकेडेमी बीच प्रतिस्पर्धा हुने छ । फाल्गुन २६ गते मच्छिन्द्र फुटबल क्लबले हिमालय शेर्पा क्लब फुटबल क्लबको सामना गर्नेछ ।
फागुन २७ गते सप्तरीको नमोबुद्ध युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्ने छ । फागुन २८ र २९ गते सेमिफाइनल तथा चौत्र २ गते फाइनल हुनेछ । हरेक खेलको म्यान अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको बिजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ तथा उदीयमान खेलाडी र सर्वोकृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।